शनिबार, असोज १३, २०८०

विराटनगरमा बिहानैदेखि तनाव

 |  आइतबार, जेठ १४, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १४, २०८०

कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरू हुन लाग्दा विराटनगरमा बिहानैदेखि तनाव बढेको छ।

sagarmatha cement

प्रदेशसभा बैठक दिउँसो २ बजेलाई बोलाइएको छ। तर, पहिचानको आधारमा प्रदेश नामकरण गर्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेकाहरू बिहानैदेखि प्रदर्शनमा उत्रिएपछि प्रशासनले धरपकड सुरू गरेको छ।

आन्दोलनमा उत्रिएका लिम्बुवान भोलिन्टियर्सका १३ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रदेशसभालाई लक्षित गरेर प्रशासनले विराटनगर क्षेत्रमा निषेधाज्ञा पनि जारी गरेको छ। तर, आन्दोलनकारीहरूले बिहानैदेखि त्यसको अवज्ञा गर्दै प्रदर्शन गरिरहेका छन्।

गत पुस १७ गते प्रदेशसभा बैठकले कोशी प्रदेश नामकरण गरेको थियो। पहिचानवादीको प्रदर्शन र आन्दोलनका कारण प्रदेश सभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएको थियो। 

प्रकाशित: May 28, 2023| 09:28 आइतबार, जेठ १४, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुन्तलाबारीका जनता यसरी सम्झिन्छन् नेम्वाङलाई

सुन्तलाबारीका जनता यसरी सम्झिन्छन् नेम्वाङलाई

इलाममा कोल्डस्टोर, सिटीमार्ट, गौतमबुद्ध सभाहल, टेलिफोन, विद्युत् विस्तार, इलाम अस्पतालको स्तरोन्नतिमा दिवंगत नेम्वाङको भूमिका महत्त्वपूर्ण।