बिहीबार, साउन ७, २०८३

दुर्घटना : दुर्इको मृत्यु १२ घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- बेग्लाबेग्लै स्थानमा भएको दुर्घटनामा परी दुर्इ जनाको मृत्यू भएको छ । १२ जना घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडक खण्डस्थित गाईघाटमा शुक्रबारराति बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

भरतपुर महानगरपालिका–२९ मा बोलेरोले पैदलयात्रीलाई ठक्कर दिदाँ उनको मृत्यु भएको हो । उपचारका क्रममा अस्पतालतर्फ ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

मृतक अन्दाजी ४० वर्षका भएको र उनको सनाखत हुननसकेको प्रहरीले जनाएको छ । कुखुरा बोक्ने सोतो रङ्गको बोलेरोले पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्कर दिने बोलेरो र चालक फरार रहेकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

बसको ठक्करबाट बालकको मृत्यु

त्यस्तै विद्यालय बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी पाँचकिलोका गुनानन्दन यादवको ६ वर्षीय छोरा शिवमकुमार यादव रहेको प्रहरीले जनाएको छ । 

रुपनीबाट राजविराजतर्फ आउँदै गरेको ना३ख ७३९० नं को कंकालिनी एकेडेमी स्कूल बसको ठक्करबाट गम्भीर घाईते भएका बालक यादबको उपचारका क्रममा शुक्रबार राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा मृत्यु भएको हो । बाटो काट्ने क्रममा बसले उनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही अगाडि बढाएको प्रहरीले जनाएको छ । 

बस दुर्घटना, एघार घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी मध्यविन्दु नगरपालिका–११ अरुणखोलमा शनिबार बिहान ५ बजे बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । 

बर्दियाबाट काठमाडौंका लागि छुटेको ना६ख ८४३९ नं को बस सडक छेउमा रोकिराखेको ना६ख ५९२ नं को ट्रकमा ठोक्किँदा सो दुर्घटनामा भएको हो । दुर्घटनमा परी घाइते भएका ११ जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकृत लीलाराज लामिछानेले जानकारी दिए । घाइतेको नाम, ठेगाना खुल्न बाँकी छ ।

त्यस्तै शुक्रबार राति भएको अर्को सवारी दुर्घटनामा एक जना घाइते भएका छन् । देवचुली नगरपालिका–१६ स्थित राजमार्गमा ना४२प ५०९५ नं को मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले ठक्कर दिँदा देवचुली–१६ का ४५ वर्षीय सुमन अधिकारी घाइते भएका हुन् । उनको चिन्ताजनक अवस्थामा भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।