उदयपुर- नेपालका कान्छा नगरपालिकामध्येमै पर्छ उदयपुरको बेलका नगरपालिका। बेलका नगरपालिकाका मेयर हुन् पूर्व पत्रकार दुर्गा थापा। कान्तिपु्रको स्थापनाकालदेखि नै उनले उदयपुरबाट पत्रकारिताको यात्रा थाले। त्यो बेला उनी लहान पुगेर उदयपुरको समाचार कुरियरबाट काठमाडौं पठाउँथे। कान्तिपुरपछि उनले कही अन्य पत्रिका र रेडियो नेपालमा समेत काम गरे।
थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा (एआइटी) मा स्ट्राटजिक म्यानेजमेन्टमा स्नातकोत्तर गरेका थापा पत्रकारिता छोडेर एकाएक राजनीतिक यात्रामा लागे। उनी हाल बेलका नगरपालिकाको मेयर भएर आफ्ना भिजनहरू लागु गर्ने तयारीमा छन्।
पचास हजार जनसंख्या र एक करोड हाराहारीमा मात्रै आन्तरिक आम्दानी भएको नगरपालिकामा पनि राम्रो काम गर्न सकिन्छ भन्ने उदाहरण थापाले पेस गर्न खोजिरहेका छन्।
१. एक वडा एक रिंग रोड, सडक हेर्ने हेरालु
मेयरले कार्यालयसम्म पुग्ने बाटो मात्रै हैन सबै वडामा बाटो पुग्नुपर्छ भन्ने भिजन छ बेलकाको। सोही आधारमा अहिले ९ वटा वडामा ९ वटै रिंगरोड बनेका छन्। यी रिंगरोड पिच भएका छैनन्। चालिस लाख बराबरको बजेटमा हाल बेलका नगरपालिकाका हरेक वडामा ग्राभेल रिंगरोड पुगेको छ।
एक वडा एक रिंग रोड बनाउनुको अर्थ कृषकका उत्पादन बजारमा ल्याउन र आवतजावत दुवै कोणमा आवश्यकता रहेको मेयर बताउँछन्। पहिलो चरणमा ग्राभेल रोड बनेकोमा अब बजेटको आकार बढ्दै गएपछि पिचको प्रक्रियामा जाने मेयर बताउँछन् । उनी भन्छन, ‘एक किलोमिटर पिच बनाउन १ करोड ५० लाख बढी जान्छ तर हामीसँग ४० लाख मात्रै रोडमा थियो । त्यही रकमले ग्राभेल रिंगरोड बनाइएको हो ।’
रिंग रोडलाइ भूक्षयबाट जोगाउन घाँस, नरिवल र अन्य फलफुल रोपिने मेयर थाप बताउँछन् । साथै सडक सुरक्षाको लागी हेरालुहरु पनि राखिएको छ। हेरालुको काम कतै खाल्डाखुल्डी र पानी पसेर सडकमा समस्या आएमा तत्काल समाधान गर्नु हो।
हाल पहाडी क्षेत्रका भत्किरहने दुई वडामा साढे बार हजार तलब दिएर ८ जना हेरालुहरु नगरपालिकाले काररमा राखेको छ । सडक किनारमा वृक्षारोपण र सडक सुरक्षा उनीहरूको काम हो। नगरपालिकाले बनाएका सडक नाम स्थानीय व्याक्तित्वहरुको नाममा छ । उदाहरणका लागी स्थानीय सहिद रमेश कार्कीको नाममा एक सडक बनेको छ भने अर्को स्थानीय प्रकाश राईको स्मृतिमा अर्को सडक बनेको छ । स्थानीय सडकमा स्थानीयलाई पहिचान दिन स्थानीयको नाम दिइएको मेयर थापा बताउँछन् ।
२. जहा अभर त्यहाँ नगर
बेलका नगरपालिकाको जहा अभर त्यहाँ नगर अर्थात् सपोट अन द स्पट नामक कार्यक्रम छ । यो कार्यक्रमले समस्यामा रहेका नगरवासीहरूलाई सहयोग गर्छ । सर्पले टोकेका, रुखबाट लडेका र अन्य बिरामी भएर अलपत्र परेका नगरवासीलाई नरपालीकाले तत्काल सहयोग गर्छ । कानुनी तरिकाले सहयोगको लागी निवेदन दिएर प्रक्रियामा नगरपालिका जाँदैन । लागेको खर्चमा नगरकार्यपालीकाको बैठक भत्ता , खाजाखर्च र अन्य सहयोग उठाएर पुर्ताल गर्ने मेयर थापा बताउँछन् । सोही कार्यक्रम अन्तर्गत वडा नम्बर ९ मा एक दिन बँदेलले बालकलाई हानेर आन्द्रा निकाल्यो । वडाध्यक्ष मोहन घिमिरेको टोलीले तत्काल बच्चलाइ अस्पताल पुर्यो । बच्चाको घरमा त पछि अस्पतालमा उपचार भएपछि मात्रै थाहा भयो ।

३. सुविधा पाएको आधारमा वर्गीकृत कर
बेलका नगरपालिकामा गाउँमा बस्ने र सहरमा बस्नेको करको दर फरक छ । वर्गीकृत कर बनाएर सुविधा पाएको आधारमा कर तिर्ने व्यवस्था छ । जस्तै, खानेपानी, ढल निकास, सोलार , सिसी क्यामेरा, प्रहरी बिट, गाडी स्टेसन आदि नगरका सुविधाहरू भएको क्षेत्रकालाई लिने करको दर र कुनै पहाडिया क्षेत्रमा बस्नेलाइ लिने करको दर बेलकामा फरक छ । फरक फरक करको विषयमा बोल्दै मेयर थापा भन्छन्, ‘कर तिर्नु अगाडि कर तिर्न सक्ने बनाउनु पर्छ ।’
४. स्कुलस्कुलमा मन्टेश्वरी कक्षा र विपन्नलाइ खाजा
बेलका नगरपालिकाका ५२ वटा सबै स्कुलमा मन्टेश्वरी कक्षाहरू सञ्चालन गर्न नगरपालिकाले तालिम दिएको छ । सरकारी विद्यालयमा पनि मन्टेश्वरी चलाएको नगरपालिकाले ३ महिना पनि खान नपुग्ने परिवारका छोराछोरीलाई खाजाको व्यवस्था गरेको छ । स्थानीय आमा समूहले छनौट गरेका वास्तविक विपन्नका विद्यार्थीहरूको लिस्टका आधारमा खाजा वितरण गरिन्छ ।
५२ सरकारी स्कुलका विद्यार्थीहरू मात्रै हैन नगरका वर्षभरि खानै नपुग्ने १५ जनालाई नगरपालिकाले खाद्यान्न दिन्छ । १५ किलो चामल, ५ किलो दाल, १/१ प्याकेट चिनी र चिया उनीहरूलाई नगरपालिकाले प्रदान गर्ने मेयर थापा बताउँछन् ।
५. रिटायर्ड नगरवासीको सदुपयोग
बेलका नगरपालिकामा हरेक वर्ष सर्पले टोकेर दर्जन मान्छे मर्थे । मेयर थापाले चुनाव जितेर आएपछि बेलकाकै सर्प दंश युनिटमा नेपाली सेनामा काम गरेका स्थानीय राजेश भट्टराईसँग सहकार्य गरे । भट्टराईलाई नगरपालिकाले एकमुष्ट १ लाख दियो । सोही रकममा भट्टराईले सर्पदंश सेवा दिन थाले । उनी बेलका बाहिर गएनन् ।
सर्प दंशको लागी आवश्यक जनशक्ति बेलकामै भएपछि भौतिक उपकरणको सहयोग युएसएआइडिको सबल परियोजनाले सहयोग गर्यो । औषधि जिल्ला जनस्वास्थ्य कार्यालयले दियो । यी सबै कारणले यो साल ६० जना सर्पले टोकेका बिरामीहरू नगरपालिकाको सर्पदंग सेवा लिन आए । सर्पले टोक्दा मृत्यु हुने चान्स ३० प्रतिशत भएपनि आजसम्म बेलकामा सर्प दंश सेवा सुरु भएपछि कोहीको ज्यान गएको छैन ।
सर्प दंशमा मात्रै हैन बेलबाकाकै पहिले पशु सेवा कार्यालयमा हाकिम भएर अवकाश पाएका महिनारायण चौधरी र चन्द्रनारायण चौधरीलाई पनि मेयर थापाले कृषि तथा पशु विज्ञको रूपमा विभिन्न समितिमा अटाएका छन् । स्थानीय रिटायर्ड विज्ञको सल्लाह र सेवाले नगरलाई फाइदा भएको मेयर थापा बताउँछन् ।
६. जग्गा बाँझो राख्नेलाई ७५ प्रतिशत जरिवाना
बेलाका नगरपालिकामा जग्गा बाँझो राखेमा उत्पादन मूल्यको ७५ प्रतिशत रकम जरिवाना तिर्नुपर्छ । नगरपालिकाले एक कट्ठामा कम्तीमा २ देखी ४ मुरी सम्म अन्न फल्ने आँकडा निकालेको छ । यदि जग्गाधनीले आफूले जग्गा भोगचलन गर्न नसक्ने निवेदन दिएमा भूमिहीन नगरवासीलाई उत्पादन गर्न दिने नगरपालिकाले यही वर्षमा नीति ल्याएको छ ।
७. न्यूनतम ४० लाख रकमका मात्रै आयोजना
बेलका नगरपालिकाले भएको बजेट कनिका जस्तो नछर्न भौतिक पूर्वाधारमा ४० लाख घटिका योजना वडाले तर्जुमा नगर्ने निर्णय गरेको छ । जस अनुसार वडा नम्बर ५ ले भवनमा खर्च गर्यो । अन्य बाँकी वडाले प्याकेजमा सडक बनाउन खर्च गरे ।
१/२ लाखे योजनामा खर्च नगरेकाले नै बेलका नगरपालिकाले श्रीलङ्का टापु जानेबाटोमा आफ्नै बजेटमा पुल निर्माण गर्न सकेको मेयर थापाको भनाइ छ । उनी भन्छन, ‘ससाना योजना ल्याएर कनिका शैलीमा बजेट छर्नु भन्दा एक राम्रो परियोजनामा काम गर्नु राम्रो हो ।’
८. विकासबाट प्रभावितहरूको लागी विकास
बाटो बनाउँदा थोरै जग्गा भएकाहरू बाटोकै कारण विस्थापित हुन नदिन अहिले बिउ पुँजी दिने, तालिम दिने र जग्गाको क्षतिपूर्ति दिने कार्यृक्रम बेलका नगरपालिकाको छ । ‘विकासले जनता स्थापित हुनुपर्ने हो तर कहिलेकाहीँ विस्थापित हुन्छन’, मेयर थापा भन्छन, ‘त्यही कुराको रोकथामको लागी विकासबाट विस्थापितहरूको लागी विकास कार्यक्रम हाम्रो नगरपालिकाको छ ।’
९. प्रदेश १ लाई धान्ने अन्न उत्पादन गर्न ८ हजार बिगाहा जग्गामा चाक्लाबन्धी खेती
बेलका नगरपालिकासँग कोसी किनारमा रहेको उर्वर हरियाली फाँट ८ हजार बिगाहा रहेको मेयर थापा बताउँछन् । हालसालै नगरपालिकाले जिपिएस सर्वे गर्दा ५३ सय बिगाहा जग्गा प्रस्ट देखिएको बताउँछन् । यो जग्गामा व्यावसायिक खेती गर्नलाई १ सय बढी बिगामामा लेमन ग्रास लाउने निजी क्षेत्रसँग यो वर्षबाटै काम सुरु भएको छ । मेयर थापा आफ्नो पाँच बर्से कार्यकाल भित्र यो सबै क्षेत्रका व्यवस्थित व्यावसायिक र आधुनिक चक्लाबन्धी खेती गर्ने योजनामा रहेका छन् ।
८ हजार बिगाहामै पूर्ण रूपमा खेती गर्न तीन वटा लक्ष्य छ मेयर थापाको । प्रदेश १ लाई पुग्ने अन्न उत्पादन, कृषिको अध्ययन गर्न चाहानेलाइ प्रयोगशाला र कृषि पर्यटन उनको चक्लाबन्धी खेती गर्नुको योजना हो । यसको लागी उनले नेपालको एकमात्रै कृषि इन्जिनियरिङ पढाइ हुने धरानको पुर्वान्चल क्याम्पसका क्याम्पस प्रमुख र कृषि इन्जिनियरिङ विभागका विज्ञहरूलाई ल्याएर अवलोकन गराइसकेका छन् ।
१०. वातावरणमैत्रि विकास र बिउ बैङ्क स्थापना
कृषिको विकासको लागी आवश्यक सिचाँहिको लागी सोलार बाट वाटर लिफ्टिङ गर्ने र हलेदो रोपेर पानीको मुहान जोगाउने जस्ता योजनाहरू छन् बेलका नगरपालिकाका । यसका साथै, कंक्रिट रहित कुलोहरू बनाउने र पहाडका थुम्कोमा आहाल बनाएर ग्राउन्ड वाटर रिचार्ज गर्ने योजना पनि छ नगरपालिकासँग।
सिमेन्टका कुलोले सुख्खापन बढाउने भएकाले चलनचल्तीका कुलोहरू नै बनाउने नगरपालिकाको योजना छ । साथै, रैथाने बिउ जोगाउन बिउ बैङ्क स्थापना गर्ने पनि नगरपालिकाको योजना छ । हाइब्रिड बिउको लागी विदेशमा भरपर्नुपर्ने तर आफ्नै मौलिक बिउको बैङ्क हुँदा समस्या नहुने नगरपालिकाको भनाइ छ ।
११. स्थानीय पर्यटन जनशक्ति उत्पादन
