बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शौचालय नहुँदा जन्मदर्ता बनेन, जन्मदर्ता नभएपछि स्कुलले लिएन

शौचालय नहुँदा जन्मदर्ता बनेन, जन्मदर्ता नभएपछि स्कुलले लिएन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
फाइल तस्बिर
काठमाडौं-राजधानीबाट शनिबार प्रकाशित दैनिक पत्रिकाले विद्यालय भर्ना हुन नपाउने बालबालिकाको अवस्था, भूकम्पपछिको पुर्ननिर्माण र दाताले पुर्ननिर्माणका लागि गरेको कबुल पूरा गर्न नसकेको, चिकित्सा सेवा सुध्रिँदो अवस्थामा रहेको, नेकपाले निर्वाचन आयोगको वैद्यता पाएकोलगायतका खबरलाई प्राथमिकताका साथ छापेका छन् । 

अन्नपूर्ण पोस्टले सर्लाहीकी पवित्रा ब्लोनले स्कुल जान नपाएको पीडाको समाचारलाई मुख्य समाचार बनाएर छापेको छ । १३ वर्षकी उनी एक महिनामात्र स्कुल टेकेकी छन् । उनलाई विद्यालयमा भर्ना हुनका लागि जन्मदर्ता चाहिएको र जन्मदर्ता बनाउन घरमा शौचालय अनिवार्यको प्रावधान राखिएकाले उनको जन्म दर्ता बनेको छैन । आर्थिक अभावले घरमा शौचालय बनाउन नसकेको उनका बुबा सत्यसिंह ब्लोनले बताएका छन् । 

त्यस्तै भारतले पुर्ननिर्माणका लागि कबुल गरेको ७५ अर्ब रकम उपलब्ध नगराएको खबरलाई पनि अन्नपूर्ण पोस्टले प्राथमिकताका साथ छापेको छ । साढे तीन वर्षको अवधिमा दुई प्रतिशतमात्र अनुदान रकम प्राप्त भएको छ । अब फेरि पुर्ननिर्माणका लागि दाता सम्मेलन गर्ने तयारी थालिएको छ ।

नयाँ पत्रिका दैनिकले सुध्रिँदै चिकित्सा सेवा शीर्षकको समाचारलाई प्राथमिकताका सुाथ छापेको छ । एक बिरामीलाई चिकित्सकले १० मिनेट समय दिनुपर्ने विश्वव्यापी मान्यता रहेको, औषधिको प्रेस्क्रिप्सन दिँदा ८ वटा नियम पालन गर्नुपर्ने, बढी वा कम औषधि सिफारिस गर्न नपाउने लगायतका मापदण्ड बनेकोछ। त्यस्तै तीन महिनामा काठमाडौंमा चेक बाउन्सका एक हजार मुद्दा दार भएको, सवा अर्व रुपैयाँ बराबरका सात सय ४१ मुद्दा पेन्डिङमा रहेको, नेकपाले निर्वाचन आयोगबाट वैधानिकता पाएको खबर प्राथमिकतामा छन् । 

कान्तिपुर दैनिकले संघ प्रदेश कानुन विवाद अन्तर्गत रोकियो प्रदेश २ शीर्षकमा लेखेको समाचारलाई प्राथमिकतामा राखेको छ । एक महिनाभित्र संघीय प्रहरी ऐन, लोकसेवा विधेयक र निजामती प्रशासन विधेयक पास गराउने केन्द्रको आश्वासनपछि प्रदेश २ सरकार आफ्ना विधेयक त्यतिन्जेल अघि नबढाउन तयार, सैनिक भर्नामा भ्रष्टाचार, एकसय ८० लाई ‘कोर्ट मार्सल’, चितवनमा हात्ती सेलेब्रिटी लगायतका समाचारलाई प्राथमिकतामा राखेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।