बिहीबार, साउन ७, २०८३

हतियारसहित तीन भारतीय पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
विरगन्‍ज- प्रहरीले विरगन्‍ज नाकाबाट तीन भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको छ। विरगन्‍ज भन्‍सारको मूल गेटबाट चेकजाँचको क्रममा सशस्त्र प्रहरीले शुक्रबार साँझ तीन भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको हो।

उनीहरुको साथबाट ७.६५ एमएमको एक एनपीबोर पेस्तोल, पेस्तोलमा प्रयोग हुने ८ राउण्ड गोली र दुई थान म्याग्जिन बरामद भएको प्रहरीले जनाएको छ। बी आर ०५ पीए ६१७७ नम्बरको स्कोर्पियो गाडी चढेर नेपालतर्फ आउँदै गरेको उनीहरुलाई सशस्त्र प्रहरीले चेकजाँच गरेको थियो। चेकजाँचको क्रममा उनीहरुको साथबाट हतियार फेला परेको हो।

पक्राउ परेका व्यक्तिहरुमध्ये भारत विहार पूर्वी चम्पारण मोतिहारी जिल्ला रामगढवाका २७ वर्षीय अवधिबिहारी प्रसादको साथबाट हतियार बरामद भएको हो। प्रसादका साथै सोहि ठाउँका ३७ वर्षीय उमेशप्रसाद गुप्ता गाडी चालक ओमप्रकाश पासवानलाई सशस्त्र प्रहरीले गाडीसहित नियन्त्रणमा लिएको छ।

पक्राउ परेकाहरु तथा बरामद हतियार जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको राजश्व तथा भंसार गस्ती गुल्मले जनाएको छ । तीनैजना अपराधिक घटना घटाउने उद्देश्यले नेपाल छिरेको हुनसक्ने प्रहरीको आशंका छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।