बिहीबार, साउन ७, २०८३

एनआईसी एशिया बैंकको नयाँ शाखा दिङ्गलामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- एनआईसी एशिया बैंकको नयाँ शाखा भोजपुरको दिङ्गलामा खुलेको छ । उक्त शाखा षडानन्द नगरपालिकाका मेयर विरबल राईले शुक्रबार एक समारोहबीच मुद्घाटन गरेका छन् ।

बैंकलाई आमजनमानसले गरेको विश्वास, भरोसा लगायतको कारण हाल मुलुकभर २६४ शाखा कार्यालयहरु, २६२ एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ् ईकाईमार्फत सेवा प्रदान गर्न सफल भएको बताइएको छ । 

बैंककोअनुसार अहिले वासलातको आकार १९९ अर्ब भन्दा बढि, कुल निक्षेप करिब १६७ अर्ब तथा कर्जा १३८ अर्ब रुपैयाँ पुगिसकेको जानकारी दिएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्