बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेशको नाम टुंगो छैन, सरकार सचिवालयको नाम ‘मधेश भवन’

प्रदेशको नाम टुंगो छैन, सरकार सचिवालयको नाम ‘मधेश भवन’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- प्रदेश २ नामाकरणको टुंगो लगाउन नसकेको प्रदेश २ सरकारले प्रदेश सरकार सचिवालयको नामाकरण गरेको छ। सरकारले प्रदेश सरकार सचिवालयको नाम ‘मधेश भवन’ राख्ने निर्णय गरेको छ।

शुक्रबार साँझ बसेको प्रदेश २ को मन्त्रीपरिषद बैठकले जनकपुर चरोट कारखाना परिसरभित्र रहेको प्रदेश सरकारको सचिवालयको नाम ‘मधेश भवन’ राख्ने निर्णय गरेको हो। परिसरभित्र रहेका सचिवालयका भवनहरुलाई मधेश भवन नामाकरण गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए।

यसैगरी मन्त्रिपरिषद बैठकले मंसिरमा हुने रामजानकी विवाह महोत्सव भव्यताका साथ सम्पन्न गर्न प्रदेश सरकारलाई आर्थिक सहयोग गर्ने निर्णय समेत गरेको छ। रामजानकी विवाहोत्सव भव्यरुपमा सम्पन्न गर्न प्रदेश सरकारले ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको मन्त्री यादवले बताएका छन्।

कर्मचारी अभावमा प्रदेशको कामकारवाही अघि बढ्न नसकेको भन्दै मन्त्रिपरिषद बैठकले एक महिनाभित्र आवश्यक कर्मचारी पठाउन संघीय सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ। एक महिनाभित्र पनि संघीय सरकारले आवश्यक कर्मचारी नपठाए आफंै कर्मचारी भर्ना गर्ने निर्णयसमेत भएको मन्त्री यादवले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।