बुधबार, पुस २३, २०८२

संखुवासभामा प्रेमिकाको हत्या गरेर आत्महत्या प्रयास 

 |  शुक्रबार, जेठ १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १२, २०८०

संखुवासभाको खाँदबारी नगरपालिका-१ घिमिरे गाउँमा एकजनाले प्रेमिकाको हत्या गरी आफ्नो पनि हत्या प्रयास गरेका छन्।  

National life

खाँदबारीमा डेरा गरी बस्दै आएकी युना दर्नाललाई शुक्रबार बिहान सभापोखरी गाउँपालिका-१ का नन्दराम गदालले हत्या गरेका हुन्। उनले आफ्नै पेटमा पनि खुकुरी प्रहार गरेका छन्। उनी गम्भीर घाइते भएका छन्।

मृतक दर्नाल खाँदबारीमा डेरामा बस्दै आएकी थिइन्। दर्नालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घाइते गदालको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ। २१ वर्षीय गदाल हिजोमात्र नेपाल प्रहरीको ३ महिने तालिम सकेर खाँदबारी आएको खुलेको छ। स्थानीयका अनुसार गए राति दुवै सँगै बसेका थिए। बिहान स्थानीयले घटना थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। 

हत्याको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।
 

Laxmi sunrise bank
kumari

प्रकाशित: May 26, 2023| 09:34 शुक्रबार, जेठ १२, २०८०
प्रतिक्रिया दिनुहोस्