नयाँ दिल्ली- भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस आइका अध्यक्ष राहुल गान्धी एक घण्टामा रिहा भएका छन्। नयाँ दिल्लीस्थित सिबीआई कार्यालयअघि प्रदर्शन गर्ने क्रममा उनी शुक्रबार दिउँसो पक्राउ परेका थिए।
प्रहरीले उनलार्इ पक्राउपछि दिल्लीस्थित लोधी कलोनी प्रहरी स्टेसनमा राखिएको थियो। केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख आलोक कुमार बर्मालाई मोदी सरकारले बर्खास्त गरेको विरोध गर्ने क्रममा गान्धीलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको थियो। उनका साथ केही अन्य नेताहरुसमेत पक्राउ परेका थिए।
शुक्रबार कांग्रेसले देशभरका सिबिआई कार्यालय अघि प्रदर्शनको आयोजना गरेको थियो। सरकारले बर्मा र सिबिआईका बिशेष निर्देशक राकेश अस्थानाबीच विवाद बढेपछि दुवैलाई छुट्टीमा पठाएको प्रतिक्रिया दिएको छ। सिबिआईले अस्थानाले घुस लिएको आरोप समेत लगाएको छ।
तर, विपक्षी दलले फ्रान्सबाट लडाकु विमान खरिदमा भएको घोटालाको विषयमा सिबिआईले छानविन सुरु गरेपछि सरकारले बर्मामाथि कारबाही गरेको जनाएको छ।
यो पनि पढ्नुहोस्, भारतीय कांग्रेस आइका अध्यक्ष राहुल गान्धी पक्राउ
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४