बिहीबार, साउन ७, २०८३

भाकपाका महासचिव यचुरीले गरे चन्द्रगिरी भ्रमण 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरीले चन्द्रागिरि केबलकारको शुक्रबार अनौपचारिक भ्रमण गरेका छन्।

नेपाल भ्रमणमा आएका महासचिवलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल एवं महाप्रवन्धक अभिषेक विक्रमशाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए।

भ्रमणका क्रममा यचुरीले चन्द्रागिरिको स्वच्छ वातावरणबाट आफू अतन्त्य प्रभावितभएको जनाउँदै चन्द्रागिरिबाट सुन्दर हिमालहरुको दृश्यावलोकन गर्न पाउँदा आफुलार्इ अत्यन्तै खुशी लागेको बताए। साथै प्यागोडा शैलिमा पुन: निर्माण गरिएको भालेश्वर महादेवको मन्दिर अर्को उत्कृष्ट विशेषता भएको जानकारी दिंदै चन्द्रागिरि हिल्स व्यवस्थापनलाई धन्यवाद तथा शुभकामना व्यक्त गरे।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा चन्द्रागिरि हिल्स लिमिटेडले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतकापूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमाविकास गरिरहेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।