मंगलबार, माघ ६, २०८२

आर्सनल नेपालले मनायो वार्षिकोत्सव

इंग्लिस प्रिमियर लिगको प्रभावशाली क्लब आर्सनलको आधिकारिक समर्थक समूह ‘आर्सनल नेपाल’ १२ वर्ष पूरा भएको छ।
 |  बिहीबार, साउन २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २८, २०७८

काठमाडौं- इंग्लिस प्रिमियर लिगको प्रभावशाली क्लब आर्सनलको आधिकारिक समर्थक समूह ‘आर्सनल नेपाल’ १२ वर्ष पूरा भएको छ। आर्सनल नेपालले कार्निभल रेस्ट्रो एण्ड मिटिङ्समा ‘आर्सनल नेपाल डे’ कार्यक्रम आयोजना गरी १२औं वार्षिकोत्सव मनाएको छ।

National life

नेपाली राष्ट्रिय टिमका पूर्व खेलाडी तथा नेपाल पुलिस क्लबका डिफेन्डर रविन श्रेष्ठ प्रमुख अतिथि रहेको कार्यक्रममा आर्सनल नेपालका सबै कार्यसमिति सदस्यहरुको उपस्थिति थियो। उपाध्यक्ष निरोज खतिवडाले आर्सनल नेपालका वार्षिक गतिविधिका बारेमा बताउँदै आर्सनलका नेपालमा रहेका समर्थकहरुका लागि ‘१२ वर्षको साथ’ को महत्वमाथि पनि प्रकाश पारेका थिए।

कार्यक्रममा आसर्नल नेपालका अध्यक्ष नवीन चित्रकारले यस वर्षको आधिकारिक सदस्यता कार्यक्रम, वार्षिक रुपमा आयोजना हुने फुटसल प्रतियोगिता तथा सम्बन्ध विस्तारका लागि गरिँदै आएको पोखरा भ्रमणका बारेमा बताए। यस्तै, उनले आर्सनल नेपालको सुदृढ पुरुष फुटबल टिम निर्माण तथा महिला फुटसल टिम विकास गर्ने योजनाका बारेमा पनि विस्तारमा चर्चा गरेका थिए।

आर्सनल नेपालले २६ भदौमा वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय पनि गरेको छ। वार्षिक साधारण सभालाई ‘मेम्बर्स डे’का रुपमा मनाउने निर्णय गरेको आर्सनल नेपालले यस सिजनका लागि आधिकारिक सदस्यता आवेदन केही साताअघि नै खुला गरिसकेको छ। सदस्यताका लागि आवेदन दिने अन्तिम म्याद भदौ १५ सम्म रहेको उपाध्यक्ष खतिवडाले जानकारी दिए।

यस वर्षको आधिकारिक सदस्यले सदस्य परिचय पत्र, टिसर्ट र आर्सनल नेपालको पोलो क्याप प्राप्त गर्नेछन्। यसका साथै आर्सनल नेपालले आफ्ना आधिकारिक सदस्यहरुलाई इंग्ल्यान्ड टुरमा लैजाने योजना पनि बनाएको छ। लण्डनस्थित आर्सनल क्लबसँगको सहकार्यमा आधिकारिक सदस्यहरुलाई २०२३–०२४ को सिजनका दौरान ‘इंग्ल्यान्ड भ्रमण’मा लाने योजना रहेको छ।

Laxmi sunrise bank
kumari

‘आर्सनल डे’का अवसरमा अध्यक्ष नवीन चित्रकारले महिला फुटसल टिमको विकासका लागि पूर्वअध्यक्ष सोभियत तुबाहाम्फेले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए। पूर्वअध्यक्ष तुम्बाहाम्फेले आर्सनल नेपालको महिला फुटसल टिम ‘गुनरेट् फुटसल टिम’को वृत्तिविकासका लागि १५ हजार आर्थिक सहयोग गरेका थिए।

केही वर्षयता आर्सनल नेपालले हरेक सिजन एफपीएल आयोजना गर्ने गरेको छ। पछिल्लो सिजनका विजेता चिलुवालले १५ हजार पुरस्कार जित्न सफल भए।

आर्सनल नेपाल लण्डनस्थित क्लबबाट मान्यता प्राप्त सपोर्टर्स क्लब हो। १२औं वार्षिकोत्सवका अवसरमा आर्सनल क्लबले पनि आर्सनललाई शुभकामना दिएको थियो। आर्सनलले पूर्व खेलाडी तथा आर्सेन वेङ्गरका सहायक प्रशिक्षक प्याट राइस, एमबीईमार्फत् आर्सनल नेपालको १२ वर्ष लामो साथका लागि बधाई तथा धन्यवाद दिएको हो।

प्याट राइसले भर्चुअल माध्यमबाट आर्सनल नेपालका पदाधिकारीहरुसँग अन्तरक्रिया गर्दै शुभकामन आदानप्रदान गरेका थिए। कार्यक्रममा फुटबल, प्रिमियर लिग र आर्सनलका विविध पक्षमा विमर्श गरिनुका साथै प्याट राइसले आर्सनल नेपालका सदस्यहरुको जिज्ञासाका पनि जवाफ दिएका दिए।

आर्सनल नेपाल नेपालको सबैभन्दा पुरानो समर्थक समूहमध्येमा पर्दछ। आर्सनलले आधिकारिकता प्रदान गरेको आर्सनल नेपाल ९ अगस्ट, २००९ मा स्थापना भएको थियो।

प्रकाशित: Aug 12, 2021| 08:44 बिहीबार, साउन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।