बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महिला कामदारको नक्कली श्रम इजाजत बनाउने २५ कर्मचारीविरुद्ध मुद्दा  

महिला कामदारको नक्कली श्रम इजाजत बनाउने २५ कर्मचारीविरुद्ध मुद्दा  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- वैदेशिक रोजगारीमा जाने नेपाली महिलाहरुको नक्कली श्रम इजाजत बनाउने वैदेशिक रोजगार विभागका २५ जना कर्मचारी विरुद्ध मुद्दा दर्ता गरिएको छ। 

९ भदौ २०७४ देखि ९ कार्तिक २०७४ सम्म कुवेतमा रोजगारीको लागी जाने एक सय ८४ जना नेपाली महिला कामदारको श्रम इजाजत नै नक्कली बनाउने श्रम विभागका कर्मचारीविरुद्ध अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्धा दर्ता गरेको हो। उक्त नक्कली भिषामार्फत कुवेत पुगेका १८४ जना महिला अलपत्र परेपछि श्रम विभागका कर्मचारीविरुद्ध उजुरी परेको थियो।  

अख्तियारले शुक्रबार जारी गरेका विज्ञप्तीमा  ६ अधिकृत  १४ जना नायब सुब्बा ५ जना कमप्युटर अपरेटर र दुईजना विचौलिया विरुद्ध मुद्दा दर्ता गरिएको छ ।
अख्तियारले वैदेशिक रोजगार विभाग ताहचल काठमाडौंमा कार्यरत शाखा अधिकृतहरु हरिप्रसाद देवकोटा, दिपक कुमार आचार्य, गणेश विक्रम शाह, अधिकृतहरु दिनेश कुमार राई, पवित्रा श्रेष्ठ र रामप्रसाद ओली छन्।

त्यस्तै नायब सुब्बाहरु अमरराज जोसी, विष्णुहरी निरौला, दिलबहादुर खत्री, हेमराजपाण्डे, कर्णबहादुर नेपाली, केदार घिमीरे, मदन गिरी, खगेन्द्र पोखरेल , लक्ष्मीदेवि भुषाल, नगेन्द्र प्रसाद गौतम, रविन्द्र घिमीरे, रघुनाथ केसी, योगेन्द्र खत्री, केशव ढुङगानविरुद्ध किर्ते कागज मार्फत अख्तियारको दुरुपयोग गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो। 

नक्कली श्रम स्वीकृती बनाउने दुई विचौलिया राजीब कुमार पन्जियार तथा विकास थापाविरुद्ध समेत अख्तियारले मुद्दा दर्ता गरेको आयोगले जारी विज्ञप्तीमा उल्लेख छ।

पक्राउ परेका श्रम विभागका कर्मचारी विरुद्ध भष्टचार निवारण ऐन २०५९ को दफा ९ बमोजिम र दुई विचौलियाविरुद्ध सोही ऐनको दफा २२ बमोजिम सजाय तथा जरिवाना मागसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।