बिहीबार, साउन ७, २०८३

भारतमाथि नेपालको शानदार जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- एएफसी यु-१९ फुटबल च्याम्पियनसिप छनोटमा नेपालले भारतलाई पराजित गरेको छ । थाईल्याण्डको चोनबुरी रंगशालामा भएको खेलमा नेपालले भारतलाई २-० ले पराजित गरेको हो । 

नेपाललाई जित दिलाउन रेखा पौडेलले दुई गोल गरिन । पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा नेपालले दुई गोल गरेको थियो । नेपालकी रेखाले खेलको ५९ औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाईन । 

यसअघि रेखाले खेलको ४९ मिनेटमा गोल गर्ने सुन्दर मौका गुमाएको थिइन । उनले प्रहार गरेको बल भारतीय गोलकिपरले रोकेकी थिईन् । त्यस्तै ८८ औं मिनेटमा रेखाले नै थप एक गोल गर्दै नेपालको अग्रता दोब्बर पारीन । 

यता भारतले पनि केहि सुन्दर मौका खेर फाल्दा खेल २-० ले गुमाउन पुगेको थियो । आफ्नो पहिलो खेलमा थाईल्याण्डसँग ३-० गोल अन्तरले पराजित भएको नेपाललाई अघिल्लो चरण पुग्न भारतलाई हराउनुपर्ने दबाब थियो । यसअघि भारतले पाकिस्तानलाई १८-० गोल अन्तरले हराएको थियो । 

समूहमा नेपाल र भारतको समान ३ अंक भएको छ । नेपालले समुह चरणको अन्तिम खेलमा पाकिस्तानसँग खेल्नेछ भने भारतले बलियो प्रतिद्धन्द्वी थाईल्याण्डसँग खेल्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।