मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सगरमाथा आरोहण गर्दा ज्यान गुमाएका दुई विदेशी नागरिकको शव भेटियो

सगरमाथा आरोहण गर्दा ज्यान गुमाएका दुई विदेशी नागरिकको शव भेटियो

 |  बुधबार, जेठ १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १०, २०८०

काठमाडौं- सगरमाथा आरोहणको क्रममा ज्यान गुमाएका दुई जनाको शव फेला परेको छ।

जेठ ५ गते सगरमाथा आरोहणको क्रममा मृत्यु भएका मलेसियाका ५६ वर्षीय अग अस्कन्ड्रा बिन अम्पुआन याकूब र वैशाख ३१ गते मृत्यु भएका मालडवाका ४६ भिक्टर व्रिन्चको आज शव फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। 

फेला परेका शवमध्ये मलेसियन नागरिक याकूबको हेलिकप्टरमार्फत् उद्धार गरी काठमाडौं पठाइएको छ। मालडवाका नागरिक व्रिन्चको शव उद्धार गर्न बाँकी रहेको प्रहरीको भनाइ छ।
 

प्रकाशित: May 24, 2023| 19:23 बुधबार, जेठ १०, २०८०
प्रतिक्रिया दिनुहोस्