बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सत्तारुढ नेकपालार्इ वैधानिकता, ऋषि कट्टेलको निवेदन खारेज

सत्तारुढ नेकपालार्इ वैधानिकता, ऋषि कट्टेलको निवेदन खारेज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीलार्इ वैधानिकता दिएको छ। 

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकतापछि गठन भई आयोगमा दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र त्यसअघि दर्तामा रहेको ऋषि कट्टेल नेतृत्वको नेकपाका प्रतिनिधिसँग छलफल भएर निष्कर्ष ननिस्केपछि आयोगले नै निर्णय गरेको हो।

दुवै पक्षले नेकपाको नाममा दाबी कायम राखेपछि आयोगले मिलेर आउन आज दिउँसो दुई घण्टाको समय दिएको थियो। सो अवधिमा कुनै सहमति नजुटेपछि प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव, आयुक्तहरु इला शर्मा, ईश्वरीप्रसाद पौडेल र नरेन्द्र दालको इजलासले शुक्रबार कट्टेलको निवेदन खारेज गर्ने फैसला गरेको नेकपाको प्रवक्ता दीपक सुवेदीले जानकारी दिए।

प्रवक्ता सुवेदीका अनुसार कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को अलग-अलग पहिचान देखिने हुँदा निवेदकको निवेदन खारेज हुने फैसला गरिएको हो।

सत्तारुढ नेकपाले आफूहरुको नाम जुधाएको भन्दै कट्टेल नेतृत्वको नेकपाले निर्वाचन आयोगमा उजुरी दिएको थियो।

यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट मुक्ति प्रधान र नेकपाका तर्फबाट अध्यक्ष कट्टेलले बहस गरी आफ्नो पक्षले उक्त नाम पाउनुपर्ने दाबी प्रस्तुत गरेका थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।