बिहीबार, साउन ७, २०८३

भारतीय कांग्रेस आइका अध्यक्ष राहुल गान्धी पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
नयाँ दिल्ली- भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस आइका अध्यक्ष राहुल गान्धीलाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) का दिल्लीस्थित मुख्यालय नजिकै प्रदर्शनको क्रममा गान्धीलाई प्रहरीले पक्राउ हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ। पक्राउ परेका कांग्रेस अध्यक्ष गान्धीलार्इ कोलोनी लोधी प्रहरी स्टेसन लगिएको छ। उनका साथ केही अन्य नेताहरुसमेत पक्राउ परेको जनाइएको छ।

सिबिआईका निर्देशक अलोककुमार बर्मालाई हटाएको विरोधमा प्रदर्शन गर्ने क्रममा उनलार्इ पक्राउ गरिएको हो। कांग्रेसले देशभरका सिबिआर्इ कार्यालय अघि प्रदर्शनको आयोजना गरेको थियो।

सरकारले बर्मा र सिबिआईका बिशेष निर्देशक राकेश अस्थानाबीच विवाद बढेपछि दुवैलाई छुट्टीमा पठाएको प्रतिक्रिया दिएको छ। सिबिआईले अस्थानाले घुस लिएको आरोप समेत लगाएको छ।

तर, विपक्षी दलले फ्रान्सबाट लडाकु विमान खरिदमा भएको घोटालाको विषयमा सिबिआईले छानविन सुरु गरेपछि सरकारले बर्मामाथि कारबाही गरेको जनाएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।