मंगलबार, भदौ २, २०८३

नक्कली शरणार्थी प्रकरण: अदालतमा बुझाइयो ४३ सबुत प्रमाण

 |  बुधबार, जेठ १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १०, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुविरुद्ध जिल्ला अदालत काठमाडौंमा ४३ वटा सबुत प्रमाण बुझाइएको छ।

यसमा जाहेरवालाले जाहेरी दरखास्तका साथ पेश गरेको पेनड्राइभमा भएको वारदात मिति र समयको भिडियो तथा फुटेजहरु पनि संलग्न छन्।

यस्तै प्रतिवादीहरुको खातामा रकम जम्मा भएको भौचरको प्रतिलिपि, प्रहरीको डिजिटल फरेन्सिक ल्याबबाट प्राप्त भएका परीक्षण प्रतिवेदनलगायत सबुत प्रमाणका रुपमा अदालतमा पेश गरिएको छ। नक्कली शरणार्थी प्रकरणमा मुछिएका अभियुक्तहरुविरुद्ध सरकारी वकिलको कार्यालयले छुट्टाछुट्टै मागदाबी लिएर जिल्ला अदालत काठमाडौंमा आज मुद्दा दायर गरेको छ। जसमा ३० जनालाई प्रतिवादी बनाइएको छ। 
 

प्रकाशित: May 24, 2023| 17:51 बुधबार, जेठ १०, २०८०
प्रतिक्रिया दिनुहोस्