मंगलबार, भदौ २, २०८३

प्रमाणबिनै आईजीपीलाई विवादमा तानियो: प्रहरी

 |  बुधबार, जेठ १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १०, २०८०

काठमाडौं- नेपाल प्रहरीले नक्कली शरणार्थी प्रकरणसँग जोडेर प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरको भूमिकाबारे कुनै प्रमाणबिना प्रश्न उठाइएको दाबी गरेको छ।

आज विज्ञप्ति जारी गर्दै आईजीपीको सचिवालयले कुनै आधार, तथ्य र प्रमाणबिना अपराध अनुसन्धानजस्तो संवेदनशील विषयमा सम्प्रेषण गरिएका समाचारले जनतामा भ्रम सिर्जना हुने बताएको छ। 

साथै प्रहरी संगठनकै विश्वसनीयता, छवि तथा चेन अफ कमान्डमा समेत आँच आउने भएकाले आईजीपीलाई जोडेर आएका समाचारमा नेपाल प्रहरी प्रधान कार्यालयको पूर्ण असहमति रहेको बताइएको छ। 'कुनै दुई व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणका आरोपितबाट प्रहरी प्रमुख स्वयंले नै आर्थिक फाइदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजी प्रहरी महानिरीक्षकलाई विवादमा तानिनु अत्यन्त निन्दनीय छ,'  विज्ञप्तिमा भनिएको छ।

नक्कली शरणार्थी प्रकरणमा विभिन्न सञ्चारमाध्यममा आईजीपी कुँवरको भूमिका शंकास्पद रहेको दाबीसहित समाचार आएपछि प्रहरीले विज्ञप्ति निकालेको हो।

प्रकाशित: May 24, 2023| 17:39 बुधबार, जेठ १०, २०८०
प्रतिक्रिया दिनुहोस्