बिहीबार, साउन ७, २०८३

एनआईसीको नयाँ शाखा संखुवासभाको मानेञ्ज्याङमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- एनआई सी एशिया बैंकको नयाँ शाखा कार्यालय खाँदबारी नगरपालिका-३ स्थित माने भञ्ज्याङ शाखाको नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलबाट २०७५ कार्तिक ८ गते भव्य समारोहकाबिच उद्घाटन गरेका छन्। 

उद्‍घाटन समारोहमा बोल्दै प्रमुख अतिथी लक्ष्मी प्रपन्न निरौलाले सम्पुर्ण स्थानीय निकायमा वाणिज्य बैंकहरुको शाखा कार्यालय खोल्ने नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको अभियानमा सभ्यपूर्वक सहभागी भई स्थानीय निकायमा शाखाकार्यालय खोल्ने कार्यमा अग्रणी भूमिका निर्वाह गरेकोमा एनआई सी एशिया बैंकको प्रशंसा गरे। समुद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले उपस्थित अतिथीहरुलाई धन्यवाद दिएका छन्।
 
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २६४ शाखा कार्यालयहरु, २६० एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ ईकाईमार्फत बैंकिङ सेवा प्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ। 

बैंकको वासलातको आकार १९९ अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १६७ अर्ब तथा कर्जा  १३८ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ। हालसम्म यस बैंकमाग्राहकको संख्याकरिब १३ लाख ५० हजार छन्। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्