बिहीबार, साउन ७, २०८३

पीपीएलमा पोखराको विजय सुरुवात

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

पोखरा- पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० मा घरेलु टोली पोखरा पल्टनले विजय सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गर्दै विजय सुरुवात गरेको हो । 

पोखराले दिएको १ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ यस ३९ रन मात्र बनाउन सक्यो । विराटनगरका लागि राजु रिजाल र पुष्प थापाले ३० समान ३० रन जोडे । यस्तै एन्ड्रयु शुबिकशनले १४ रन जोड्दा कप्तान सन्दीप लामिछानेले अविजित १४ रन जोडे ।

पोखराका ललितनारायण राजबंशीले ३ विकेट लिए । त्यस्तै मेहबुब आलाम, कृष्ण कार्की, शरद भेषावकर, विक्रम भुषाल र रासिद खानले समान १औ१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले मात्र ३ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो । राम्रो शुरुवात गरेको पोखराका लागि ओपनर कुशल भुर्तेल र मोहम्मद आरिफ शेखले ५३ रनको साझेदारी गर्दा कुशल ३८ रनमा आउट भए ।

उनले २६ बल खेल्दै ५ चौका र २ छक्काको मद्दतमा ३८ रन जोडे । अर्का ओपनर आरिफ शेख ५२ रनमा शाहव आलमको बलमा क्याच आउट भए । भारतीय खेलाडी रवि इन्दर सिंह ४४ रनमा आउट भए । आक्रमक पारी खेलेका विनोद भण्डारी ४१ रनमा नटआउट रहे । 

भण्डारीले ११ बलमा ५ छक्का र २ चौकाको मद्दतमा ४१ रन बनाउदा कप्तान शरद भेषवाकर ७ रनमा नटआउट रहे । विराटनगरका सन्दिप लामिछानेले २ तथा शाहव आलमले एक विकेट लिए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।