बिहीबार, साउन ७, २०८३

अन्तर गरिब बस्ती महिला बालबालिका फुटबल हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- जाग्रिती नगर बस्ती  र गैरी गाँउ बस्तीबीच भएको मैत्रिपुर्ण महिला फुटबल प्रतियोगितामा गैरी गाँउ स्लामले जित हात पारेको छ । गैरी गाँउले जाग्रितीलाई ३-० ले पराजित गरेको हो । 

गरिब बस्ती बालबालिकाको खेल्ने इच्छा पुरा गर्ने उद्देश्यले यहि कार्तिक १९ र २० गते आयोजना हुने प्रतियोगितालाई लक्षित गर्दै मैत्रिपुणै खेल आयोजना गरेको आयोजक नव सृजना युवा समाजका अध्यक्ष विशाल राईले जानकारी दिए । 


बिगत सात बर्ष देखि जाग्रिती नगर स्लाम वरिपरि रहेका गरिब बस्ती  बालबालिकाको शिक्षा, स्वास्थ्य र खेलकुदकाका लागि काम गर्दै आएको नव सृजना युवा समाजले दुई दिने महिला फुटबल प्रतियोगिता पहिलो पटक आयोजना गर्न लागेको हो । 

यसअधि यस समाजले बालबालिका र पुरुष फुटबल प्रतियोगिता आयोजना गरेको थियो । दुई दिने प्रतियोगितामा काठमाडौं भित्रका विभिन्न ६ देखि ८ स्लाम क्षेत्रका महिला बलबालिका टिमको सहभागिता जनाउने आयोजकले जानकरी दिए ।


विजेता टोली, बेस्ट खेलाडी र शिर्ष स्कोरकर्तालाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने उक्त प्रतियोगिताको कुल अनुमानित लागत ४८ हजार रहेको समाजका अध्यक्ष राई जानकारी दिए । 

बलबालिबालाई मानसिक र शारिरिक रुपमा तन्दुरुस्त राख्न पहिलो पटक महिला फुटबल प्रतियोगिता आयोजना गरेको समाजकी कोओर्डिनेटर अपेक्षा पराजुलीले जानकरी दिइन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।