मंगलबार, भदौ २, २०८३

धनकुटामा भइरहेको कालोपत्रे सडक अनुगमन

 |  बुधबार, जेठ १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १०, २०८०

पूर्वाधार विकास कार्यालय भोजपुर अन्तर्गत धनकुटामा निर्माण भइरहेको  बिहीबारे हटिया–कर्मीटार–बन्चरे–तेलिया–परेवादिन–शुक्रबारे–तेह्रथुम सडकको अनुगमन गर्दै पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजेश्वर महतो। 

कोशी प्रदेश सरकारको रु ५६ करोड ५२ लाख सम्झौता लागतमा यो सडक कालोपत्रे थालिएको छ। सडकलाई गुणस्तरीय बनाउन कार्यालयले प्राविधिक टोलीसहित निर्माण भइरहेको सडकको कोर कटर मेसिनको सहायताले ल्याब परीक्षणसमेत गरेको छ। 

परीक्षणको क्रममा सडक तोकिएको मापदण्ड अनुसार निर्माण भइरहेको देखिएको कार्यालयको भनाइ छ। तस्बिर : युवराज विष्ट/रासस
 

प्रकाशित: May 24, 2023| 05:21 बुधबार, जेठ १०, २०८०
प्रतिक्रिया दिनुहोस्