एजेन्सी- युरोपा लिगमा बुधबार राति भएको खेलमा इंग्लिस क्लब आर्सनलले सपोर्टिङ लिस्बनलाई १-० ले पराजित गरेको छ । सपोर्टिङलाई पराजित गरेसँगै आसैनलले लगातार आफ्नो ११ औं जित दर्ता गरेको हो । आर्सनलको जितमा ड्यानी वेलबेकले एकमात्र निर्णयक गोल गरे ।
उनले खेलको ७७ औं मिनेटमा एकमात्र निर्णयक गाृल गरेका हुन् । ड्यानीले डिफेन्डर सबास्टियन कोआटेसको गल्तिको फाइदा उठाउँदै गोलरक्षकको खुट्टामुनिबाट गोल गरेका थिए । त्यसअघि वेलबेकले हेडरमार्फत गोल गरेपनि रेफ्रीले फाउनल भन्दै उक्त गोललाई मान्यता दिएको थिएन ।
अक्टोबर २००७ यता टोलीको यो उत्कृष्ट नतिजा हो । त्यसबेला आर्सनल लगातार १२ औं जित दर्ता गर्न सफल रहेको थियो । आर्सनलले पोर्चुगलमा ६ खेलपछि जित दर्ता गर्यो । यसअघि ३ खेलमा बराबरी र ३ खेलमा हार बेहोरेको थियो । आर्सनलले यस सिजन हाल सम्म ३३ गोल गरेको छ ।
अंक तालिकामा आर्सनल ३ खेलमा ९ अंक सहित शीर्ष स्थान छ । दोस्रो स्थानको लिस्बनले ३ खेलमा ६ अंक जोडेको छ भने तेस्रो मा रहेको भोर्स्क्लाको ३ खेलमा ३ अंक छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४