बिहीबार, साउन ७, २०८३

रुवेनको ह्याट्रिकमा चेल्सी विजय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- इंग्लिस क्लब चेल्सीले युइएफए युरोपा लिग फुटबलमा वेट बरिसोभलाई पराजित गरेको छ । रुवेन लफ्टस चिकको ह्याट्रिकमा चेल्सीले बरिसोभलाई ३-१ ले पराजित गरेको हो ।

पहिलो हाफमा २-० को अग्रता लिएको चेल्सीले दोस्रो हाफमा थप १ गोल गर्न सफल भयो । खेलको ५४ औं मिनेटमा लफ्टसले गोल गर्दै ह्याट्रिक पूरा गरे । ७९ मिनेटमा बरिसोभका एलेक्सी रियोसले एक गोल गर्दै बरिसोभलाई खेलमा फर्काउने संकेत दिएपनि बरिसोभ ३-१ ले पराजित हुन पुग्यो । 

जितपछि ९ अंक जोडेको चेल्सी समूहमा अपराजित रहदै समूह ‘एल’ को शीर्ष स्थानमा छ । चेल्सीसँग पराजित बरिसोभ समूहमा ३ अंकसहित पुछारमा झरेको छ ।
यही समूहको अर्को खेलमा भिडी एफसीले पाओक एफसीलाई २-० ले पराजित गर्दै समूहमा पहिलो जित निकालेको छ । 

जितपछि भिडी समुहमा तेस्रो स्थानमा उक्लिएको छ । भिडीसँग पराजित पाओक गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।