दोलखा- दोलखाको गौरिशंकर गाउँपालिका–१२ तासिनाममा एक घर जल्दा एकैपरिवारका २ जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।
गोपाल शेर्पाको घरमा भएको आगलागीमा परि उनकी ८० वर्षीय आमा डालिका शेर्पा र उनका १२ वर्षीय छोरा मिङ्मादोर्जे शर्माको जलेर मृत्यु भएको हो ।
शुक्रबार बिहान साढे २ भएको आगालागीमा परि गोपालका १५ वर्षीय छोरा खुर्साङ शेर्पा गम्भिर घाइते भएका छन् । गोपाल, उनकी श्रीमती र माइलो छोरा गोठमा सुतेका कारण केहि नभएको घटनास्थलबाट सइ सेते तामाङले नेपाल समयलाई जानकारी दिए ।
उनका अनुसार आगालागी बिहान साढे ४ बजे नियन्त्रणमा आएको छ । घाइते भएका खुर्साङलाई उपाचारका लागि काठमाडौं पठाएको प्रहरीले जनाएको छ। आगलागी आगो ताप्दै अगेनोको छेउमा सुतेकी वृद्धा डोल्माको लुगा सल्किए भएको प्रहरीले अनुमान गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४