काठमाडाैं- राजधानीबाट प्रकाशित शुक्रबारका राष्ट्रिय दैनिक अखबारहरुले निर्मला पन्तको हत्या अनुसन्धान शून्य बनेको र प्रमाण नष्ट गरेको अभियोगमा दुई प्रहरी अधिकारीलाई सेवाबाट बर्खास्त गरेको विषयलाई मुख्य समाचार बनाएका छन् ।
तीन महिना बित्यो अनुसन्धान उपलब्धी शून्य शीर्षकमा मुख्य समाचार लेखेको आजको नागरिक दैनिकले एसपी डिल्लीराज बिष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई सेवाबाट बर्खास्त गरेको विषयलाई उपशीर्षक दिएर छापेको छ । यस्तै अजको अन्नपूर्ण पोस्ट्ले निर्मला बलात्कार–हत्या प्रकरण ः बिष्ट र भट्ट बर्खास्त शीर्षकमा खबर लेखेको छ भने कान्तिपुरले पनि यहि शीर्षकमा खबर छापेको छ ।
नयाँ पत्रिकाले यो विषयलार्य अलि फरक ढङ्गले प्रस्तुत गरेको छ । उनले निर्मला हत्या प्रकरणकालागि अहिलेसम्म घटना भएको ९२ दिन दिन बित्यो, अनुसन्धानका लागि ७ टोली बने तर परिणाम शून्य बनेको समाचार लेखेको छ ।
एआइजी धिरु बस्नेतदेखि एसपी दुर्गा सिंहसम्मका चार टोली अझै घटनास्थलमा रहेको समाचारमा उल्लेख छ । यो घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोलसंग सहयोग मागेको पनि नयाँ पत्रिकाले लेखेको छ ।
यो विषय बाहेक आजको कान्तिपुरले चार एयरलायन्सको सिन्डिकेटका कारण दशैंमा समेत हुम्लामा चामलको अभाव भएको विषयलाई विशेष खबरका रुपमा छापेको छ । तारा, समिट, सीता र मकालु एयरलाइन्ससँग असोज १८ गते ढुवानीका लागि लिखित सम्झौता भएपनि सम्झौताविपरीत चामल ढुवानी नगरी यात्रु ओसार्न थालेपछि हुम्लामा चामलको अभाव भएको समाचारमा उल्लेख छ ।
यसैगरि आजको नागरिक दैनिकले कर्मचारीको दबाबमा सरकारले आकर्षक प्रस्तावसहितको अध्यादेश ल्याउने तयारी गरेको खबर छापेको छ भने अन्नपूर्णले यस्तो आकर्षक प्रस्ताव अर्थात एक तह बढुवा दिएर कर्मचारी खटाए राज्यलाई १५ अर्बको भार पर्ने खबर लेखेको छ ।
कार्यविभाजन टुङ्ग्याउन सत्तारुढ दल नेकपाले शक्तिशाली कार्यदल बनाएको विषयलाई नयाँ पत्रिकाले महत्वका साथ छापेको छ। एसले तीन महिनमा २ सय भन्दा धेरै कानुन परिमार्जन गर्न जरुरी रहेको खबर पनि पहिलो पृष्ठमा छापेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४