बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • यूनियन लाईफ इन्स्योरेन्सको सेवा सिभिल बैंकको ६९ शाखाबाट

यूनियन लाईफ इन्स्योरेन्सको सेवा सिभिल बैंकको ६९ शाखाबाट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- यूनियन लाईफ इन्स्योरेन्सको सेवा अब सिभिल बैंकको ६९ शाखाबाट प्रदान गरिने भएको छ । सिभिल बैंक लिमिटेडले जीवनवीमा सेवालाई विस्तार गर्ने उद्देश्यले यूनियन नेपाल लाईफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ । 

उक्त सम्झौतापत्रमा सिभिल बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र यूनियन नेपाल लाईफ इन्स्योरेन्सकातर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले हस्ताक्षर गरेका छन् । 
 
सम्झौताबाट इन्स्योरेन्सका जीवन वीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ६९ शाखाहरुमार्पmत उपलब्ध गरी ग्राहकलाई प्रत्यक्ष रुपमा लाभान्वित गरिने बैंकका प्रमुखकार्यकारी अधिकृत गुरुङको भनाइ छ ।

बैंकले यसअघि पनि जीवन वीमा कम्पनिहरु मेटलाईफ, एलआईसी नेपाल र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स तथा थुप्रै निर्जीवन वीमा कम्पनिहरुसँग त्यसप्रकारको सम्झौता गरी जीवन वीमा तथा निर्जीवन वीमा सेवा उपलब्ध गराउँदै आइरहेको जानकारी गराएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्