बिहीबार, साउन ७, २०८३

करेन्ट लागेर महिलाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- महोत्तरीको औरहीमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ। 

बिहिबार आफ्नै कुखुरा फर्ममा दाना हाल्न गएकी औरही नगरपालिका-९ इनर्वाकी ४० वर्षीया मिना देवी सहनीको करेन्ट लागेर मृत्यु भएको हो। हिंस्रक जनावरबाट कुखुरालाई जोगाउन फलामे तारको घेरामा जडान गरिएको विद्युतीय धरापमा परेर सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैगरी घटनामा सहनीका श्रीमान सुरेश सहनी र ४ वर्षीय भतिज राजा सहनी घाइते भएका छन्। 

विद्युतीय धरापमा परेका भतिज राजालाई बचाउन खोज्दा सहनीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी खगेन्द्रबहादुर खड्काकले बताए। सहनीलाई बचाउन पुगेका उनका श्रीमान सुरेश घाइते भएको उनले जानकारी दिए। घाइते दुवैजनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।