बिहीबार, साउन ७, २०८३

एनआईसी एशिया बैंकको नयाँ शाखा खाँदबारीमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय खाँदबारी नगरपालिका वडा नं. ३ स्थित मानेञ्ज्याङ्गमा स्थापना भएको छ । उक्त शाखा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले बिहीबार एक समारोहकाबीच उद्घाटन गरिएको छ ।

समारोहमा निर्देशक निरौलाले शाखा खोलेकोमा बैंकको प्रशंसा गरे । साथै बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले समेत बैंकको बारेमा जानकारी गराएका थिए । 

हाल बैंकले मुलुकभरको २६४ शाखा कार्यालयहरु, २६० एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाईमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्