आइतबार, चैत १५, २०८२

भोलीबाट सुरु हुने पीपीएलको ट्रफी सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
पोखरा- पोखराको फेवा तालकोबीचमा रहेको तालबाराही मन्दिरमा पोखरा प्रिमियर लिग क्रिकेट ‘पीपीएल’को ट्रफी सार्वजनिक गरिएको छ । ट्रफी सहभागि ६ वटै टोलीका मार्की प्लेयर तथा कप्तानले संयुक्त रुपमा सार्वजनीक गरेका हुन् । 

ट्रफी सार्वजनिक कार्यक्रममा पोखरा पल्टनका शरद भेषावकर, चितवन राइनोजका पारस खड्का, काठमाडौं रोयल्सका ज्ञानेन्द्र मल्ल, विराटनगर टाइटन्सका सन्दीप लामिछाने, बुटवल ब्लास्टर्सका सोमपाल कामी र एक्स्पर्ट धनगढी ब्लुजका दीपेन्द्रसिंह ऐरीले सहभागिता जनाएका थिए ।

शुक्रबारबाट शुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले मान्यता प्रदान गरिसकेको छ ।

प्रतियोगिताको विजेताले २७ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरहरुलाई भीजी अटोमोबाइल्सको तर्फबाट सुजुकी जिक्सर १ सय ५५ सीसी मोटरसाइकल प्रदान गरिने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।