बुधबार, भदौ ३, २०८३

सडकमा जथाभावी विस्कुन नसुकाउन झापाको अनुरोध

 |  शनिबार, जेठ ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ६, २०८०

झापा- झापा गाउँपालिकाले सडकमा जथाभावी विस्कुन नसुकाउन अनुरोध गरेको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै सडक क्षेत्रमा जथाभावी विस्कुन नसुकाउन अनुरोध गरेको हो। 

गाउँपालिकाको अनुसार पालिका क्षेत्रभित्रका विभिन्न सडक तथा भित्री सडकमा मकै तथा कृषिजन्य सामग्री सुकाएकाले यातायात सञ्चालनमा समस्या भएको गुनासो आएको छ। सोही गुनासोको आधारमा गाउँपालिकाले जथाभावी विस्कुन नसुकाउन अनुरोध गरेको हो। 

सो कार्य नगर्न र नगराउन अनुरोध गरिएको छ। यदि विस्कुनको कारण कुनै घटना भएमा सम्बन्धित व्यक्तिले नै जिम्मेवारी लिनु पर्ने गाउँपालिकाले जनाएको छ। 

प्रकाशित: May 20, 2023| 20:03 शनिबार, जेठ ६, २०८०
प्रतिक्रिया दिनुहोस्