बिहीबार, साउन ७, २०८३

माल्दिभ्समाथि नेपालको सानदार जित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-चौथो संस्करणको साफ अन्डर-१५ फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्सविरुद्ध सहज जित निकाल्दै सुखद सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गर्दै सुखद सुरुवात गरेका हो ।
 
माल्दिभ्सविरुद्ध खेलको पहिलो हाफमा २-० गोल अन्तरले अग्रतालिएको नेपालले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । नेपालले सुरुवाती अग्रता खेलको २८ औ मिनेटमा लिएको थियो । नेपालले जान लिम्बुको पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । 

त्यस्तै ३५ औ मिनेटमा नेपालका लागि नमस थापा मगरले गोल गर्दै अग्रता दोब्बर पारे । नेपालका लागि तेस्रो गोल ६८ औ मिनेटमा शशाक बोहराले गरे । ६८ औ मिनेटमा दिपेश राईले गोल गर्दै नेपाललाई फराकिलो जित दिलाए । 

समुह ‘ए’ मा रहेको नेपालले ३ अंक जोडेको छ । यसअघि आज भएको समुह बीको पहिलो खेलमा पाकिस्तानले भारतलाई पराजित गरेको थियो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।