बिहीबार, साउन ७, २०८३

क्यान्सर निको पार्ने सानो रोबोट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
टेक्‍सास- अमेरिकाको टेक्सासका वैज्ञानिकले विश्वको सबैभन्दा सानो रोबोट बनाएका छन्। जुन शरीरभित्र राखेर क्यान्सर र अल्जाइमरको उपचार गर्न सकिन्छ। यो एक सय २० नानोमिटरको छ, जो मानवको केसभन्दा करिब एक लाख गुणा पातलो छ। 

सबैभन्दा सानो रोबोटको नाममा यो गिनिज वर्ल्ड रेर्कडमा सूचीकृत गरिएको छ। अमेरिकाको मेडिकल इतिहासमै यो परिवर्तनलाई ठूलो मानिन्छ। टेक्सास युनिर्भसिटिका सैन एन्टोनियाका वैज्ञानिकले रिसर्च गर्दागर्दै सानो रोबोटको सिरिज तयार गरेको हो। 

सन् २०१६ मा मेडिकल रोबोटको प्रदर्शन पहिलोपटक भएको हो। यो रोबोटले खराब सेल्स पहिचान गर्दै उपचार गर्छ। युटिएसएका प्रोफेसर रुयान गुओका अनुसार रोबोटलाई नानो कम्पोजिटको रुपमा तयार गरिएको छ। जसलाई रिमोट कन्ट्रोलको मद्दतले इलेक्ट्रोमेग्नेटिक फिल्डमा प्रयोग गर्न सकिन्छ।

रोबोटको केही हिस्सा ब्राजीलको मद्दतले तयार गरिएको हो। नानो रोबोट पुर्णरुपमा तयार भएपछि मेडिकल क्षेत्रमा तहल्का मच्चिने, गुओ बताउँछन्। रोबोटको मद्दतले किमोथेरापी गर्दा नै क्यान्सरको सेल्स चिन्न सजिलो हुनेछ। यसका साथै अल्जाइमरको बिरामीलाई पनि विशेष उपचार दिन सकिन्छ। 

यो नानोकम्पोजिट पार्टिकल बायोलोजिकल सेल्सको साथै सानो रोबोटजस्तै काम गर्छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।