बिहीबार, साउन ७, २०८३

दशैंपछि पनि नेप्से ८.८२ अंक घट्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–दशैंपछि पनि फेरी नेप्से बजार घट्यो । लगानीकर्ताहरुको आशा जगाउन सकेन । बिहीबार नेपाल स्टक एक्स्चेन्ज(नेप्से) ८.८२ अंकले घटेर एक हजार २४१.११ बिन्दुमा पुगेको छ । नेप्से बजारमा आएका अधिकांश समूहको परिसूचक घटेपछि समग्र नेप्से बजारमा गिरावट आएको हो ।

‘क’ बर्ग कम्पनीहरुको सेन्सेटीभ इन्डेक्स समेत २.१८ अंक घटेर २६४.०१ बिन्दुमा पुगेको छ ।

बुधबार मात्रै नेप्से ८.०९ अंक बढेर एक हजार २४९.९३ बिन्दुमा पुगेको थियो ।

बिहीबार १५६ कम्पनीहरुको चार हजार ३१७ कारोबारबाट ९ लाख ४८ हजार ५९३ शेयरको खरिद बिक्री हुदा २७ करोड ७१ लाख ८२ हजार ८९८ रुपैयाँको कारोबार भएको छ ।

ननलाईफ इन्स्योरेन्सकाे परिसूचक सबैभन्दा बढी घट्याे

नेप्से बजारमा आएका दश समूहको परिसूचक मध्ये सबैभन्दा बढी नन लाईफ इन्स्योरेन्स समूहको परिसूचक ४०.२४ अंक घटेको छ ।

त्यसपछि होटेल समूहको परिसूचक ३६.९४, लाईफ इस्योरेन्स समूहको परिसूचक १२.३९,  हाइड्रोपावर समूहको परिसूचक ११.०६, बैंकिङ समूहको परिसूचक ९.४३, विकास बैंक समूहको परिसूचक ३.६२,  फाइनान्स समूहको परिसूचक २.२३, अन्य समूहको परिसूचक ९.२७ र माइक्रोफाइनान्स समूहको परिसूचक ६.४५ अंक घटेको छ । 

यसैबीच उत्पादनमुलक समूहको परिसूचक भने ४९.५६ अंक बढेर दुई हजार २७४.०६ बिन्दुमा बढेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्