वासिङटन डिसी- अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र पूर्व विदेशमन्त्री हिलारी क्लिनटन लक्षित पाइम बम विस्फोटको तयारी गरिएको खुलासा भएको छ।
हुलाकमार्फत् दुर्इवटा पार्सलमा उनीहरुको ठेगानामा विस्फोटक पदार्थ पठाइएको थियो। उक्त पार्सलजन्य दुवै वस्तुहरू लक्षित ठेगानामा पुग्नु अगावै नियन्त्रणमा लिइएको थियो। ति विस्फोटक पदार्थहरू पूर्वअमेरिकी वरिष्ठ अधिकारीहरूलाई पठाइने चिठी तथा पार्सलहरू जाँच्ने प्राविधिकहरूले पत्ता लगाएका हुन्।
अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलाई शंकास्पद विस्फोटक पदार्थ पठाइएको विषयमा अनुसन्धान भइरहेको अमेरिकी संङ्घीय अनुसन्धान ब्युरो (एफबीई) ले जनाएको छ।
टेलिभिजन च्यानल सीएनएनको कार्यालय समेत रहेको न्यूयोर्कको टाइम वार्नर भवनमा पनि त्यस्तै शंकास्पद वस्तु भेटिएपछि त्यसको समाचारकक्ष नै खाली गरिएको बताइएको छ। त्यसअघि एकजना उदारवादी परोपकारी एवं अर्वपति जर्ज सुरोसको न्युयोर्कस्थित घरमा बम भेटिएको थियो।
त्यस्ता शंकास्पद वस्तुहरू ठ्याक्कै कहाँबाट आएका हुन् भन्ने स्पष्ट भइसकेको छैन। एउटा अमेरिकी सुरक्षा निकाय सिक्रेट सर्भिसको विज्ञप्ती अनुसार २३ अक्टोबरमा भेटिएको त्यस्तो वस्तु क्लिन्टनको नाममा थियो।
एफबीआईले आफूलाई त्यसबारे पहिले नै थाहा भइसकेको र त्यसमा अनुसन्धान अगाडि बढाइसकेको बताएको छ। त्यस्तो प्रकृतिको पार्सल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका छोरा डोनल्ड ट्रम्प जुनियरका नाममा समेत यो वर्षको शुरूमा आएको बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४