बिहीबार, साउन ७, २०८३

फेरि किन दिल्ली जाँदैछन् प्रचण्ड ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि भारत जाने भएका छन् । 

प्रचण्ड भोलि शुक्रबार इन्डिया फाउन्डेसनले आयोजना गरेको ‘इन्डिया आइडिया कन्क्लेभ-२०१८’ कार्यक्रममा भाग लिन भारतको राजधानी नयाँ दिल्ली जान लागेका हुन् । भोलि शुक्रबार बिहान ८ बजे दिल्ली जाने र भोलि नै नेपाल फर्किने गरि कार्यतालिका तय भएको छ । 

प्रचण्ड नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीसंग परामर्श गरेर दिल्ली जान लागेको बताइएको छ । तर, प्रचण्डले दिल्लीको एक दिने बसाइका क्रममा क–कसलाई भेट्ने छन् भन्ने बारेमा केहि खुलाइएको छैन् ।
 
प्रचण्ड जान लागेको कार्यक्रमको आयोजक संस्थाको अध्यक्ष भने सत्तारुढ भारतीय जनता पार्टीका महासचिव राम माधव रहेका छन् । त्यसै सो कार्यक्रममै भारतीय जनता पार्टीका विभिन्न नेताहरुसंग भेट हुन सक्ने बताइएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।