बिहीबार, साउन ७, २०८३

के छापे आजका दैनिक अखबारहरुले ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-  राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई पहिलो प्राथमिकतामा पारेका छन् । 

प्रदेश र स्थानीय तहमा कर्मचारी पठाउन नसकेपछि सरकारले कर्मचारी समायोजन गर्न नयाँ ऐन ल्याउने तयारी गरेको विषयलाई नयाँ पत्रिकाले मुख्यसमाचार बनाएको छ ।

कर्मचारीलाई स्वैच्छिक बढुवा प्रस्ताव शीर्षकमा खबर लेखेको उसले प्रदेश र स्थानीय तहमा गए खरदारलाई नासु, उपसचिवलाई सहसचिव बनाउने तयारी भएको उल्लेख गरेको छ । यस्तै प्रदेशले मागेभन्दा कम दरबन्दी र दरबन्दीको आधाभन्दा कम कर्मचारी पठाइएको पनि समाचारमा जनाइएको छ ।
 
यसैगरि आजको अन्नपूर्ण पोस्ट्ले शीर्ष नेतृत्वबीच मनमुटाव बढ्दै गएपछि कांग्रेसको बैठक अनिश्चि बनेको विषयालाई मुख्य समाचार बनाएको छ । नेविसंघमा ३२ वर्षे उमेरहद तोकेपछि शीर्ष नेतृत्वबीच मनमुटाव बढेको समाचारमा जनाइएको छ । यस्तै बैठक बसेपछि सभापति शेरबहादुर देउवा इत्तरका नेताहरुले बहिष्कार गर्ने चेतावनी दिएको समाचारमा उल्लेख छ । 

यस्तै अन्नपूर्णले खानेपानीमा भएको अनियमितता छानबिन गर्न मन्त्रालयले योजनाकारकै संयोजकत्वमा समिति बनाएको खबर लेखेको छ । यस्तै राजमार्गका होटलहरुमा देखिएको चरम लापरबाहीलाई पनि अन्नपूर्णले विशेष महत्वका साथ छापेको छ । 

आजको कान्तिपुरले भने प्रदेश प्रहरी ऐन ल्याएर विवादित बनेको प्रदेश नम्बर २ ले थप ३ वटा विद्येयक ल्याउन लागेको खबर लेखेको छ । प्रदेश २ ले प्रशासन, लोकसेवा र निजामती कर्मचारीसँग सम्बन्धित ३ विद्येयकको मस्यौता तयार गरेको समाचारमा उल्लेख छ । यस्तै जाजरकोटबाट करोडौँका बहुमुल्य जडिबुटी चोरी निकासी भइरहेको विषयलाई कान्तिपुरले मुख्य समाचार बनाएको छ ।

नागरिक दैनिकले भने मुस्ताङमा एकैदिन चारहजार पर्यटक पुगेको विषयलाई मुख्य समाचार बनाएको छ भने नेपाल र सिक्किम सडकले जोडिन लागेको विषयलाई पनि महत्वका साथ छापेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।