बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • भद्रकाली पेट्राेल पम्पको बिक्री रोक्का, 'अन द स्पट' दुई लाख जरिवाना

भद्रकाली पेट्राेल पम्पको बिक्री रोक्का, 'अन द स्पट' दुई लाख जरिवाना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– काठमाडौंस्थित कागेश्वरी मनहरा नगरपालिका–९ (साविक गोठाटार–७) मा रहेको भद्रकाली आयल स्टोर्सको पेट्रोल बिक्री रोक्का गर्नका साथै दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार गरेको अनुगमनको क्रममा उक्त स्टोर्सले पेट्रोल नोजलबाट मापदण्डभन्दा घटी परिमाणमा पेट्रोल बिक्री गर्दै गरेको फेला पारेपछि बिक्री वितरण रोक्का गर्नका साथै दुई लाख रुपैयाँ जरिवाना गरिएको हो ।

विभागका निर्देशक रघुनाथ महत्तले उक्त कारबाहि नयाँ ऐन लागू भएपछिको पहिलो रहेको बताए । ‘विभागले उपभोक्ता संरक्षण ऐन ०७५ बामोजिम उक्त जरिवाना गरेका हौं,’ उनले भने ‘नोजलबाट मापदण्डअनुसारको परिमाणमा बिक्री वितरणको व्यवस्था नमिलाएसम्म पेट्रोल वितरणको कार्यमा समेत रोक्का गरेका छौं ।’

त्यस्तै विभागकोअनुसार सो स्टोर्सको लागि पेट्रोल ढुवानी नगर्न नेपाल आयल निगमलाई समेत पत्र पठाइ सकिएको छ । 

निर्देशक महत्तले नयाँ कानून बमोजिम अनुगमनको क्रममा फेला परेको कैफियतअनुसार विभागका महानिर्देशकले सिधै तीन लाख रुपैयाँसम्म जरिवाना अथवा एक वर्ष जेल वा दुवै कारबाही गर्ने व्यवस्था गरिएको बताए ।

‘पछिल्लाे एेनमा भएकाे कारबाही लगायतकाे व्यवस्थाकाे कारण उपभोक्तामाथि हुदै आएको ठगी, कालोबजारी लगायतका समस्याहरु हल हुने विश्वास लिएका छौं,’ उनले भने ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्