आइतबार, असोज १४, २०८०

नेपाल अन्तर्राष्ट्रिय चलचित्रको छायांकन गन्तव्य बन्न सक्छ : उपराष्ट्रपति

 |  आइतबार, वैशाख ३१, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३१, २०८०

काठमाडौं- उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल अन्तर्राष्ट्रिय चलचित्रको छायांकन गन्तव्य बन्न सक्ने बताएका छन्। नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा) ले काठमाडौँमा आयोजना गरेको ‘नेफ्टा चलचित्र अवार्ड-२०२३’ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक कार्यक्रममा चलचित्रकर्मीलाई प्रमाणपत्र वितरण गर्दै उपराष्ट्रपति यादवले नेपालको प्रचार गर्न कलाकर्मीलाई आग्रह गरे। 

sagarmatha cement

‘विदेशी चलचित्रलाई यहाँको प्राकृतिक सुन्दरताले आकर्षित गर्छ। हामीले एकजुट हुँदै सहकार्य गरेर नेपाललाई अन्तर्राष्ट्रिय चलचित्रको छायांकन गन्तव्य बनाउन सक्छौँ’, उनले भने, ‘नेपाली चलचित्र अहिले विश्वभर खोजिएको सुन्दा र देख्दा खुसी लाग्छ। विदेशी बजारमा बलियो बन्न प्रवर्द्धन गर्नु जरुरी छ।’ 

उनले नेपाली चलचित्रलाई छ दशक लामो यात्रामा पर्दा पछाडि रहेर सघाएका प्राविधिकहरूको कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताए। ‘चलचित्रले मनोरञ्जन प्रदान गर्नेमात्र नभई हाम्रो मौलिक भाषा, वेशभूषा, संस्कृति, इतिहासको संरक्षण र संवर्द्धन पनि गरिरहेको छ। यो सिर्जनशील कलाकर्मीको मेहनत र लगावको प्रतिफल हो’, उपराष्ट्रपति यादवले भने। 

कार्यक्रममा उत्कृष्ट पाँचको घोषणासँगै प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, कलाकार नीर शाह, रमेश उप्रेती, भुवन चन्द, चैत्य देवी, वसुन्धरा भुसाल, दीपाश्री निरौला, बेनिशा हमाल, निर्मल शर्मा, निर्देशक हेमराज बिसी, निर्माता मणिराम पोखरेललगायतको उपस्थिति थियो। 

नेपाली चलचित्रमा प्राविधिकका रूपमा कार्यरतहरूको छाता संगठनले आयोजना गरेको कार्यक्रममा उपस्थित सम्पूर्णलाई नेफ्टा अध्यक्ष पुष्कर लामाले धन्यवाद दिए। ‘हामीले गरेको प्रयासमा सधैँ चलचित्रकर्मीको साथ पाएका छौँ। सोही कारण हामी अवार्ड गर्न सक्षम भएका हौँ। निष्पक्षरूपमा अवार्ड सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’, अध्यक्ष लामाले भने। 

प्रकाशित: May 14, 2023| 19:21 आइतबार, वैशाख ३१, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नेम्वाङ निधनले स्थगित बीपी साहित्य महोत्सव समापन आगामी बुधबार

नेम्वाङ निधनले स्थगित बीपी साहित्य महोत्सव समापन आगामी बुधबार

स्थगित भएको तेस्रो र अन्तिम दिन (२६ भदौ) को कार्यक्रम आगामी बिहीबार बिहान साढे १० साँझ ५ बजेसम्म पार्टी मुख्यालय सानेपामा गरिनेछ।
सुवास नेम्वाङको निधनपछि बीपी साहित्य महोत्सव स्थगन

सुवास नेम्वाङको निधनपछि बीपी साहित्य महोत्सव स्थगन

संविधानसभाध्यक्ष एवं एमाले नेता सुवासचन्द्र नेम्बाङको अकस्मात निधन भएपछि कांग्रेसले बीपी साहित्य महोत्सव स्थगित गरेको हो। 
पानी पर्ने सहरमा लोकप्रिय बनेको पानी रङ कला

पानी पर्ने सहरमा लोकप्रिय बनेको पानी रङ कला

क्षणभरमा पानी पर्ने, घाम लाग्ने, घनघोर पानी क्षणभरमै सुक्ने आदि विविधता पोखराको विशिष्टता हो। यही पोखरालाई कलाका क्षेत्रमा पानी रङको सहरका रुपमा पनि चिनिन्छ।
बीपीले 'पवित्रा'मार्फत उजागर गरेको प्रेम र यौन संवेग

बीपीले 'पवित्रा'मार्फत उजागर गरेको प्रेम र यौन संवेग

कोइरालाले यस कथामा आफैंभित्र फुटेको र चिरिएको व्यक्तित्वको रुपमा पवित्रालाई उभ्याएका छन्।