बिहीबार, साउन ७, २०८३

एनआईसी एशियाद्धारा चार अर्बको धितोपत्र निष्काशन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- एनआईसी एशिया बैंक लिमिटेडले चार अर्बको धितोपत्र निष्काशन गर्दैछ । त्यसको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । 

एनआईसी एशिया बैंक लिमिटेडले मंगलबार एक हजार अंकित दरका ४० लाख कित्ताले हुन आउने ४ अर्र्ब बराबर (११ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८५/८६) धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका निमित्त नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्ति गरेको जनाएको छ । 

प्रस्तावित ११ प्रतिशत व्याज भएको यस ऋणपत्र लगानीकर्र्तालाई उत्कृष्ट प्रतिफलसहितको दीर्घकालीन लगानीको सुवर्ण अवसर हुने बैंकले विश्वास लिएको छ । 

उक्त ऋणपत्र निष्कासन सम्बन्धी सम्झौता पत्रमा एनआईसी एशिया बैंक लिमिटेडकातर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडकातर्फबाट प्रबन्ध निर्देशक छपि राजपन्तद्वारा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

चार अर्ब रुपैयाँ बराबरको ऋणपत्रमध्ये ८० प्रतिशत अर्थात तीन अर्ब २० करोड व्यक्तिगत र २० प्रतिशत अर्थात ८० करोड रुपैयाँ सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात निष्कासन तथा बिक्री खुला गरिने भएको हो । 

प्रस्तावित ऋणपत्र ११ प्रतिशत वार्षिक व्याज दरले अर्ध वार्षिक रुपमा व्याज भुक्तानी गर्न १० वर्ष अवधिको लागि निष्काशन गर्न लागिएको बैंकको भनाइ छ ।

यसअघि बैंकले जारी गरेको एक अर्ब ८३ करोड रुपैंयाको (११ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८२/८३) ऋणपत्रको सम्पूर्ण रुपमा आवेदन प्राप्त भई बाँडफाँड समेत भइसकेको बैंकले जानकारी दिएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्