बिहीबार, साउन ७, २०८३

हुन्डाईको नयाँ सेन्ट्रोको बिक्री शुरु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- हुन्डाई इन्डियाले लामो समयपछि आफ्नो आइकोनिकको रुपमा रहेको हुन्डाई सेन्ट्रोको नयाँ जेनेरेशन सार्वजनिक गरेको छ । पछिल्लो समय चर्चामा रहेको नयाँ सेन्ट्रो आधिकारीक रुपमा मंगलबारबाट बिक्री शुरु गरेको हो ।

भारतमा हुन्डाई ब्रान्ड २० वर्ष पुरा गरेको अवसर पारेर कम्पनीले उक्त कारलाई पुनः बजारमा ल्याएको बताइएको छ । 

सन् १९९८ मा पहिलो पटक भारतीय बजारमा सेन्ट्रोमार्फत हुन्डाईले आफ्नो उत्पादन सुरु गरेको थियो । पछि ०१४ मा सो कारको माग व्यापक बढेता पनि बन्द गरेको थियो । कम्पनीले चार वर्षपछि पुनः नयाँ जेनेरेशनमा अल न्यू सेन्ट्रो बजारमा ल्याएको छ ।

यस्तो छ कारको विशेषता

टल ह्याचब्याक मोडलमा नै ल्याइएको नयाँ सेन्ट्रोमा स्वेप्टब्याक हेडल्याम्प दिइएको छ । नयाँ कारको लम्बाई तीन हजार छ सय १० एमएम रहेको छ । जुन पुरानो सेन्ट्रोको भन्दा ४५ एमएम लामो छ । 

अक्टोबर १० बाट बुकिङ शुरु गरिएको उक्त कारको दिल्लीमा सार्वजनिक गरिएको हो । 

हुन्डाईको नयाँ सेन्ट्रोमा १.१ लिटर ४ सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । यसमा लगाइएको पेट्रोल इन्जिनले ६८ बीएचपी पावर र ९९ एनएम टर्क उत्पादन गर्छ । कारमा ५ स्पिड म्यानुअल र एएमटी गियरबक्स जडान गरिएको छ ।

कारले १ लिटर पेट्रोल इन्जिनमा २०.३ किलोमिटर दुरी पार गर्ने क्षमता राख्ने भने कारको टप स्पीड १५६ किमी प्रतिघन्टा रहेको बताइएको छ । कम्पनीले नयाँ सेन्ट्रोको मूल्य भारतीय बजारमा ३ लाख ८९ हजार ९ सय भारु सुरूवाती मूल्य तोकेको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्