मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • भिल्ला रियललाई पेनाल्टीमा हराउँदै चेल्सीले जित्यो सुपर कपको उपाधि

भिल्ला रियललाई पेनाल्टीमा हराउँदै चेल्सीले जित्यो सुपर कपको उपाधि

स्पेनिस क्लब भिल्ला रियललाई पेनाल्टी सुटआउटमा हराउँदै प्रिमियर क्लब चेल्सीले युरोपियन सुपर कपको उपाधि जितेको छ।
 |  बिहीबार, साउन २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २८, २०७८

काठमाडौं– स्पेनिस क्लब भिल्ला रियललाई पेनाल्टी सुटआउटमा हराउँदै प्रिमियर क्लब चेल्सीले युरोपियन सुपर कपको उपाधि जितेको छ।

बुधबार राति सम्पन्न खेलको निर्धारित ९० मिनेटसम्म १-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त ३० मिनेट लम्बिएको थियो।

तर थपिएको ३० मिनेटमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

दोस्रो हाफमा मैदान छिरेका गोलकिपर केपा अरिजबालागाले भिल्लाका कप्तान राउल अल्बिओलको पेनाल्टी बचाएपछि खेल चेल्सीले जितेको थियो। पेनाल्टी सुटआउटमा चेल्सीले ७-६ गोलको जित निकालेको हो।

विन्सडोर पार्कमा सम्पन्न खेलको पहिलो हाफमा चेल्सीले उत्कृष्ट प्रदर्शन गर्दै अग्रता बनाए पनि दोस्रो हाफमा स्पेनिस क्लबले कमब्याक गर्दै खेल बराबरी गरेको थियो।

चेल्सीका लागि हाकिमी जियाचले गोल गरेका थिए। तर उनी कुमको इन्ज्युरीका कारण पहिलो हाफमै बाहिरएका थिए। यता खेलको ७३ औं मिनेटमा स्पेनका गेरार्ड मोरेनोले गोल गर्दै खेललाई बराबरी बनाएका थिए।

कोभिडको महामारीपछि पहिलोपटक उत्तरी आयरल्यान्डमा १३ हजार समर्थकबीच खेल आयोजना भएको थियो।

प्रकाशित: Aug 12, 2021| 06:35 बिहीबार, साउन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।