सोमबार, चैत २, २०८२

ताइवान रेल दुर्घटना, १७ जनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
ताइवान- ताइवानमा आइतबार भएको रेल दुर्घटनामा परी कम्तीमा १७ जनाको मृत्यु भएको ताइवानी अधिकारीले जनाएका छन् । 

ताइवानको उत्तरपूर्वी यिलान काउन्टीमा गुडिरहेको रेलले लिकलाई छोड्दा भएको उक्त घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका ताइवान रेल प्रशासनले पुष्टि गरेको छ । 

दुर्घटनापछि घटनास्थलमा पुगेका एएफपी सम्वाददाताले जनाएअनुसार रेलका पाँच वटा डब्वा रेलमार्गबाट उछिट्टिएका र जमिनमा लडेका अवस्थामा रहेका छन् । उच्च गतिको पुयुमा एक्सप्रेस रेलका सार्वजनिक तस्वीरमा रेल लिकबाट उछिट्टिएर टेढो अवस्थामा रहेको र केही डब्वा जमिनमा लडेको देखाइएको छ । 

स्थानीय समय अनुसार करिब आइतबार ४ः५० मा दुर्घटना भएका ताइवानी अधिकारीले जनाएका छन् तर दुर्घटनाको कारणबारे भने केही बताएका छैनन् । 

राष्ट्रिय अग्नी नियन्त्रण निकायले रेलमा ३१० जना यात्रारत रहेको र दक्षिणी शहर ताइतुङतर्फ जाने क्रममा उत्तरपूर्वी यिलान काउन्टीमा दुर्घटना हुनपुगेको थियो । घटनाबारे छानविन शुरू भैसकेको अधिकारीहरूले बताएका छन् । एजेन्सी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।