बिहीबार, साउन ७, २०८३

डिसिएको क्रिकेट टोली मुम्बइ प्रस्थान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- धनगढी क्रिकेट एकेडेमी (डिसिए)को टोली १० दिने खेल भ्रमणका लागि आज मुम्बई प्रस्थान गरेको छ। 

टोलीले मुम्बईका विभिन्न क्लब तथा एकेडेमीसँग सात एकदिवसीय खेल खेल्न लागेको डिसिएले जनाएको छ। धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले टोलीलाई बिदाइ गर्दै क्रिकेट खेलमा विकासका लागि नगरपालिकाले आगामी दिनमा बजेट विनियोजन गरिने प्रतिबद्धता व्यक्त गरे। 

धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले मुम्बई भ्रमणले राष्ट्रका लागि प्रतिभावान् खेलाडी उत्पादन गर्न सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे। 

टोलीमा सुबोध ऐर, सिजन कुँवर, सन्दीप आउजी, विनोद विष्ट, राजेन्द्र लोहनी, सोनु मण्डल, रोहन विकलगायत खेलाडी छन् । प्रशिक्षकमा दीपेन्द्र चौधरी र व्यवस्थापकमा भरत जोशीसमेत टोलीमा समावेश भएका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।