बिहीबार, साउन ७, २०८३

आबुखैरेनी र मोरङमा बस दुर्घटना, ५६ जना घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
गोरखा- आबुखैरेनी र मोरङको पथरीशनिश्चरे नगरपालिका-२ मा मा भएका दुर्इ फरक-फरक दुर्घटनामा परी ५६ जना घाइते भएका छन्। 

तनहुँको आबुखैरेनी गाउँपालिका-२ नारीघाटमा आइतवार यात्रुवाहक बस दुर्घटना हुदाँ २० भन्दा बढी यात्रु घाइते भएका हुन्।

बेशिशहरबाट मुग्लिङतर्फ जादै गरेको ना ४ ख ७८४१ नम्वरको मिनिबस सडकभन्दा करिव १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

घाइतेहरुको तनहुँको छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक सन्तोष रोकाले जानकारी दिए । घाइतेहरुको पहिचान खुल्न बाकी रहेको उनले बताए।

तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ। बसमा ४० भन्दा बढी यात्रु थिए।

बस पल्टिँदा ३६ यात्रु घाइते

उर्लाबारी- मोरङको पथरीशनिश्चरे नगरपालिका-२ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार अपराह्न यात्रुबाहक बस पल्टिँदा बसमा सवार ३६ जना घाइते भएका छन् । 

काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको को १ ख ४५१७ नम्बरको बस आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो। 

दुर्घटनामा घाइते भएका सबैको स्थानीय पथरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए। बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।