बिहीबार, साउन ७, २०८३

दशैंपछि नेप्से बढ्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- दशैंपछि खुलेको नेप्से बजारको पहिलो दिन नेप्से परिसूचक बढेको छ । परिसूचक ४.८९ अंक बढेर एक हजार २४६.५२ बिन्दुमा पुगेको छ ।

‘क’ बर्गको सेन्सेटीभ इन्डेक्स समेत १.१८ अंक बढेर २६५.२८ बिन्दुमा पुगेको छ ।

आइतबार १२४ कम्पनीको दुई हजार २०४ कारोबारबाट ७ लाख ७२३ पटक भएको शेयर खरिद बिक्रीबाट १४ करोड ५ लाख  ४९ हजार २९ रुपैयाँको कारोबार भएको छ ।


सबैभन्दा बढी लाईफ इन्स्योरेन्सको परिसूचक बढ्यो

नेप्से बजारमा आएका दश समूह मध्ये सबैभन्दा बढी ३४.७ अंक लाईफ इन्स्योरेन्स समूहको परिसूचक बढेको छ ।

त्यसपछि बैंकिङ समूहको परिसूचक ६.५९, अन्य समूहको परिसूचक ५.२३, विकास बैंक समूहको परिसूचक ३.८५ र फाइनान्स समूहको परिसूचक २.२९ बढेको छ ।

यसैबीच होटेल समूहको परिसूचक १५.१२, हाइड्रोपावर समूहको परिसूचक ६.६७, ननलाईफ समूहको परिसूचक १.८८, उत्पादनमुलक समूहको परिसूचक १०.८३ र माइक्रोफाइनान्स समूहको परिसूचक ४.३९ अंक घटेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्