बिहीबार, भदौ ४, २०८३

१७९ देशसँग नेपालको कूटनीतिक सम्बन्ध 

सन् १९६८ मा स्वतन्त्र मुलुकको मान्यता पाएको नाउरु प्रशान्त महासागर नजिक अस्ट्रेलियाको उत्तर पूर्वमा अवस्थित देश हो। 
 |  शुक्रबार, वैशाख २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २२, २०८०

काठमाडौं– नेपालले नाउरुसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ। बिहीबार राष्ट्रसंघीय मुख्यालय न्युयोर्कमा आयोजित कार्यक्रममा राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई र नाउरुकी प्रतिनिधि मार्गो रेमिनिस्से डिएइले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन्।

योसँगै नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने देशको संख्या १७९ पुगेको छ। दुई देशका राजदूतले कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी राष्ट्रसंघका महासचिवलाई दिएका छन्।

दुवै देशका राजदूतले दौत्य सम्बन्ध स्थापनाले राष्ट्रसंघलगायत मञ्चमा सहकार्य र समन्वय हुने, दुईपक्षीय हितमा काम गर्ने र नागरिक स्तरको सम्बन्ध स्थापना हुनेमा आश्वस्त रहेको बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सन् १९६८ मा स्वतन्त्र मुलुकको मान्यता पाएको नाउरु प्रशान्त महासागरको नजिक अस्ट्रेलियाको उत्तर पूर्वमा अवस्थित देश हो। 

प्रकाशित: May 05, 2023| 11:07 शुक्रबार, वैशाख २२, २०८०
प्रतिक्रिया दिनुहोस्