बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • व्यवसायी कँडेलले ‘सुसाइट नोट’मा नाम लेखेका चार्टर्ड एकाउन्टेन्ट पक्राउ

व्यवसायी कँडेलले ‘सुसाइट नोट’मा नाम लेखेका चार्टर्ड एकाउन्टेन्ट पक्राउ

व्यवसायी शंकर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  शुक्रबार, वैशाख २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २२, २०८०

काठमाडौं- व्यवसायी शंकर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अनमोल फिड्सका चार्टर्ड एकाउन्टेन्ट जीवन रावल रहेका छन्। 

भरतपुर महानगरपालिका-८ का ३७ वर्षीय रावललाई बाराको सिमाराबाट गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। राति नै उनलाई चितवन ल्याइएको छ। आजैदेखि अनुसन्धानको प्रक्रिया अघि बढाउने उनले बताए। 

भागेर लुकेको अवस्थामा रावललाई प्रहरीले पक्राउ गरेको हो। कँडेलले आत्महत्याअघि लेखेको ‘सुसाइट नोट’मा रावल र सोही कम्पनीको ८५ प्रतिशत सेयर किनेका प्रदीप रुङ्गटाका कारण आफूले आत्महत्या गर्नुपरेको उल्लेख गरेका छन्। सो घटनापछि निरन्तर दबाबमूलक कार्यक्रम भइरहेका छन्। 

प्रकाशित: May 05, 2023| 09:56 शुक्रबार, वैशाख २२, २०८०
प्रतिक्रिया दिनुहोस्