बिहीबार, भदौ ४, २०८३

दार्चुला हिमपहिरोमा ज्यान गुमाएकाहरूको शव ल्याउन कठिन

दार्चुला हिमपहिरोमा परेर मृत्यु भएकाको शव ल्याउन समस्या भएको छ।
 |  शुक्रबार, वैशाख २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २२, २०८०

दार्चुला- दार्चुला हिमपहिरोमा परेर मृत्यु भएकाको शव ल्याउन समस्या भएको छ। मंगलबार व्याँस गाउँपालिका १ भोलममा हिमपहिरोमा परेर बेपत्ता भएका ५ जना मध्ये ३ जनाको शव फेला परेको थियो। भारतीय सडकमार्गबाट उनीहरूको शव सदरमुकाम खलंगा ल्याउने भनिएपनि भारततर्फ सडकमा पहिरो खस्दा समस्या भएको हो।

दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ४ की ३८ वर्षीया कमला कुँवर, १८ वर्षीय प्रविण कुँवर र डोटीको जोरायल गाउँपालिकाको बुडर बस्ने ४५ वर्षीय नक्की डोमा थापाको शव भारतीय सडक मार्ग हुँदै सदरमुकाम ल्याउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

बिहीबार नै उनीहरुको शव खलंगा पुर्‍याउने भने पनि सडकमा पहिरो खस्दा शव बोकको गाडी बीचबाटोमै रोकिएको छ। सडक सुचारु भएपछि आज शव खलंगा पुर्‍याइने बताइएको छ। 

मृतकको शव पोष्टमार्टमपछि आफन्तहरुको जिम्मा लगाइने प्रहरी निरीक्षक सिंहले जानकारी दिए। हिमपहिरोमा परेर बेपत्ता भएका डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ बुडरकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया छिमी सामो थापाको अवस्था अझै पनि अज्ञात रहेकोमा खोजीकार्य जारी रहेको छ।

प्रकाशित: May 05, 2023| 09:21 शुक्रबार, वैशाख २२, २०८०
प्रतिक्रिया दिनुहोस्