बिहीबार, भदौ ४, २०८३

विविधता भित्रको एकता नेपालीको मौलिक पहिचान : सभामुख

सभामुख देवराज घिमिरेले भगवान् बुद्धले देखाएको  पवित्र मार्गको अनुसरणले शान्ति, सद्भाव, करुणा र मैत्रीभाव प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।  
 |  शुक्रबार, वैशाख २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २२, २०८०

काठमाडौं- सभामुख देवराज घिमिरेले भगवान् बुद्धले देखाएको  पवित्र मार्गको अनुसरणले शान्ति, सद्भाव, करुणा र मैत्रीभाव प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।  

२५६७औँ बुद्धजयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै उनले शान्तिका अग्रदूत भगवान् गौतम बुद्धलाई प्रेम, दया, करुणा, विश्व शान्ति र अहिंसाको स्रोतको रूपमा लिने गरिएको र बुद्धको जन्म, ज्ञान प्राप्ति तथा महापरिनिर्वाणको त्रिसंयोग रहेको बताएका छन्।  

उनले भनेका छन्, “सम्पूर्ण नेपाली बौद्ध धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु, आजको पवित्र दिनले सम्पूर्ण मानव–जगत्लाई शान्ति, सद्भाव, दया, क्षमा, करुणा र ज्ञान प्राप्तिको मार्गमा अघि बढ्न प्रेरित गर्ने विश्वास लिएको छु।” 

सभामुख घिमिरेले नेपाली समाजमा विभिन्न जातजातिहरूको बसोबास गर्ने, जातीय विविधताले नेपाल बहुजातीय मुलुक भएको र विविध जातिहरूको आाफ्नो सांस्कृतिक परम्पराले गर्दा नेपाल बहुसांस्कृतिक मुलुक भएको उल्लेख गरेका छन्। “विविधता भित्रको एकता हामी नेपालीको मौलिक पहिचान हो, बहुभाषा, बहुधर्म र बहुसंस्कृतिले नै हाम्रो समाजलाई पारस्परिक सम्मान एवं सद्भावसहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन्”, उनले भनेका छन्। - रासस

प्रकाशित: May 05, 2023| 07:29 शुक्रबार, वैशाख २२, २०८०
प्रतिक्रिया दिनुहोस्